लण्डनमा नेपालकी प्रथम रामायण वाचिका शुश्री चन्द्रकला सखी द्वारा ८ दिने श्री राम कथा चल्दै

परमात्माको बिशेष आशिर्बाद कृपा एबं महायोगी सिद्ध बाबाको महान कृपा स्वरुप हिमालयन सिद्ध महायोग परिवार यू के -यूरोप द्वारा हाल लण्डनमा पहिलो पटक एक बिशेष कार्यक्रम  भैरहेको छ। नेपालमा जन्मी हुर्केकी नेपाली चेली  चन्द्रकला सखी जसले कुनै बिसेष अध्धयन बिना ,  बिसेष बिज्ञता हासिल नगरीकनै ,केवल भगवत कृपा एबं ग्रुरु कृपाको बलमा अत्यन्तै दिब्य तुलशीदासज्यू द्वारा लेखिएको रामचरित्रमानसबाट  राम कथाको सुरुवात गर्नु भएको छ। .

दिब्य कलश यात्राबाट सुरु भएको उक्त कार्यक्रमलाइ  सोरठिया प्रजापती समाज साउथहलले बिसेष सहयोग एबम साथ दिहिरहेकोछ, साथै स्थानिय नेपाली  समाज  र ब्यक्तित्वहरुको यसमा साथ रहेको छ।

अंग्रेजी, हिन्दि, नेपाली साथै संकृत  चारै  भाषामा प्रस्तुत गरिंदै गरिएको उक्त राम कथालाई उपस्थित भै सुनी रहनु भएका सम्पूर्ण नेपाली तथा भारतीय भक्तहरुले अत्यन्तै मन पराउनु भएको छ।  कथा को तेस्रो दिन ,सोरठिया समाजका धिरुभाई गोहिलले चन्द्रकला सखीलाई , सरस्वतिको साक्ष्यात अबतार र वहांको बाणि बाट प्रस्तुत भएको उक्त कथा अत्यन्तै सत्य र तथ्यमा आधारित रहेको ,र  येसरि सुन्ने अवसर पाउँदा आफुहरु धन्य धन्य भएको भनि निकै प्रसंसा गर्नु भयो . अनि अरु नेपाली , भारतीय  निकै श्रोताहरुले उहाको निकै प्रसंसा गर्नु भयो , प्राय सबै श्रोता हरुले उहाँको मुखमा मोहनिरहेको , बोलीले अत्यन्तै मन्त मुग्द बनाउने क्षमता रहेको ,येसरी येंहन आइपुग्न पाउनु आफ्नो ठुलो भाग्य भनि खुसि व्यक गर्नु भयो .

सबै जसो भतहरु संग सुरुका दिन देखिन लिइएको प्रति क्रिया अनुसार भारतीय  भक्तहरुले , येति सानो उमेरको ब्येक्तिले कति राम्ररि संझाउनु भएको छ . अति राम्रो लाग्यो हामि फेरी फेरी पनि आउछौ र अरु सबैलाई पनि खबर गर्छौ भनेर भन्दै  फर्कनु भएको छ भने नेपाली भक्तजनले पनि यस्तो राम्रो कार्यक्रम , होला भन्ने त सोचेको पनि थियेनौ , हामी सके  सम्म अब छोदैनौ र अरुलाई पनि खबर पुर्याउछौ भन्दै फर्कनु भएको छ . कार्यक्रममा औपचारिक तथा अनौपचारिक रुपमा निकै गन्य मान्य व्यक्तित्वहरुको उपस्थिति रहेकोछ। भारतीय भक्तहरुले यति कम उमेरको ब्यक्तिले कति राम्ररि संझाउनु भएको छ अति राम्रो लाग्यो हामि बाकी सबै दिनहरुमा पनि आउछौ र अरु लाइपनि खबर गर्छौ भन्दै  प्रसन्न भएर फर्कनु भएको छ।  सबै भक्तजनले यस्तो राम्रो कार्यक्रम होला भन्ने त सोचेको पनि थिएनौ, हामी सकेसम्म बाकी दिनका कार्यक्रमहरुमा नछुटाइकन  उपस्थित हुने र अरुलाई पनि उपस्थित गराउने बताउनुभएको छ।

मानब जिबनको प्रमुख लक्ष भगवत प्राप्ति हो ,आज संसारको यो अवस्था हुनु को कारण मानिसले भगवानलाइ बिर्सदै जानु र बेवास्था गर्नुले नै भएको हो। मानिसले केबल भगवान संगको सुख र आनन्द को खोजि रहेको हुन्छ तर त्यो आनन्दको खोजि जिब्रोको स्वादमा खोज्छ जसले गर्दा खाने नखाने सम्पूर्ण कुरा प्रयत्न गर्दै आज समाज जिब्रोको स्वादमा  , स्पर्समा , दृष्टिमा , आदि सम्पूर्ण कुरामा भगवत आनन्दको झल्को लाई खोज्ने प्रयत्नमा अज्ञानबस  गलत प्रक्रिया तिर समाज अल्मलिएको छ।

मानिसले आत्मिक सुख केवल परमात्मासंग जोडिएर मात्र प्रप्त गर्छ , परमात्मा  बिहिनको  आनन्द केवल झुठो प्रयत्न   मात्र हो र यी ईन्द्रिय हरुले महसुश गरेको सुख हामीलाई अरु थप कर्म बन्धनमा बाध्ने गलत चेस्ठा मात्र  हो .तेसैले नै समाज आज यो गतीमा पुगी रहेकोछ . फल्स्वोरूप आज ब्यक्ति ब्यक्तिमा , घर घरमा ,देश देशमा  लडाई झगडा , हत्या हिम्सा जस्ता अपराधहरु बढी रहेका छन् .यस प्रकार दुखमा रुमलिएको समाजलाइ , उद्धार गर्न कुण्ठित आत्माहरुलाई  वास्तविक आनन्द  दिन र मोक्ष प्रदान गर्न उनै मोक्ष प्रदाता परमात्मा श्री रामको नाम र कथाको महिमा गाउने प्रयात्न भई रहेको छ। यस्तै रोचक प्रसङ्गहरु श्री चन्द्रकला सखिजिले प्रस्तुत गरिराख्नु भएको छ र साथै आफुलाई  गुरु कृपाको एउटा बिशेष नमुनाको रुपमा समाज समक्ष  प्रस्तुत गर्नु भएको छ।

अहिलेको  बेलायतमा सबै धर्मावलम्बीहरुले आ आफ्नो किसिमबाट भगवत् आराधना गरि रहनु भएको छ। क्रिस्चियनहरुको ईस्टर  चलि रहेको ले उहाहरु एक किसिमको ब्रत गरि भगवत  स्मरणमा हुनुहुन्छ ,तेस्तै मुश्लिम हरुको रामादान चलेको छ ,अनि हिन्दुहरुको राम नवमी ,हनुमान जयन्ति चलेकोले हिन्दुहरु  भगवान राम को आराधनामा हुनुहुन्छ।  सायद यस्तै पबित्र माहोल भएर नै होला सर्ब धर्म समन्वय सीधान्त लिएर सम्पूर्ण मानब जातिको हितको लागि अहो रात्र खटिरहनु भएको जगतगुरु आनन्त श्री बिभुसित महायोगी सिद्ध बाबाको बिसेष कृपाबाट अहिले यहा एस्तो दिब्य भगवत उस्ताब भै रहेको छ , आज  लाग्दै छ सम्पूर्ण भगवान अनि देबीदेवताहरु अहिले लन्डनमै  रमाउनु  भएको छ।

श्रीराम र सीताको आदर्स र महिमाबाट आजको समाजले सिक्नु पर्ने कुरा के  हो त सुधार गर्नु पर्ने बिषय के  के हुन् त  मानब भएर गर्नु पर्ने के  हो , गुरु भनेको के हो,किन चाहिन्छ जस्ता हामीले नजानी नहुने अती  महत्वपुर्ण बिषयहरु , अत्यन्तै मिठो स्वरमा सगीतको लयमा कथा  गरिदै छ र यो क्रम आगामी अप्रिल ६ हनुमान जयन्ति सम्म लागातर चलि राख्ने छ।

तसर्थ नेपालीद्वारा बिदेशी भूमिमा आयोजना तथा प्रश्तुत  गरिएको उक्त बिशेष कार्यक्रममा यहाहरु सबै जना सम्लघ्न हुनु भै कार्यक्रमको  सोभा बढाइ दिनुहोला।  साथै आबस्यक सल्लाह तथा सुझाब  प्रदान गरिदिनुहोला भनी आयोजक कमिटीले अनुरोध गरेको छ।