प्रहरीको लाठीचार्जबाट घाइते भएका पूर्वमन्त्री यादव र झासहित ४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौँ । विहिबारको आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरीको लाठी चार्जबाट घाइते भएका ४ जनालाई थप उपचारको निम्ती काठमाडौँ ल्याउन लागिएको छ ।

स्थिती तनावग्रस्त भएको कारण दिउँसो जनकपूरधाममा प्रहरीले आन्दोलकारीमाथि अश्रुग्यास सहित १५ राउन्ड हवाई फायर गरेको थियो ।

सोही क्रममा प्रहरीको लाठीचार्जबाट पूर्वमन्त्री मातृका यादव र रामचन्द्र झासहित धेरै जना घाइते भएका थिए । जसमध्ये दुई पूर्वमन्त्रीसहित शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको अवस्था गम्भीर देखिएकोले थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।

प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको प्रादेशिक अस्पतालका मेसु डा प्रमोद यादवले जानकारी दिए । हाल उनीहरूको प्रादेशिक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।