शिब भण्डारी
लन्डन । गायक रमेश राज भट्टराई गायिका सम्झना भण्डारी र मोडल करिश्मा ढकाल बिहीबार लन्डन उत्रिएका छन् । नयां वर्षका अवसरमा हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डले आयोजना गर्न लागेको नेपाली सांगीतिक सांझमा आफ्नो कला देखाउन उनीहरु यहां आइपुगेका हुन् ।
उनीहरुलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा स्वागतका लागि हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डका पूर्व अध्यक्ष समाजसेबी शिब खरेल, उपाध्यक्ष भिम शर्मा,सचिब ऋिषि सापकोटा,कोषाध्यक्ष सागर गैरे,सदस्य बाशु रावत लगायत विमानस्थलमा पुगेका थिए ।
आगामी ३ अप्रिल सोमबार सीताराको सभा-हलमा नेपाली नयाँ वर्ष २०८० सालको शुभकामना कार्यक्रम प्रदर्शनको तयारी पुरा भएको पूर्व अध्यक्ष शिब खरालले लन्डन नेपाल न्युज लाई बताए ।
समाजका संस्थापक अध्यक्ष एबम कार्यक्रम कोडिनेटर गगां गौतमले कार्यक्रममा उपस्थित भएर स्वादिष्ट खाना र राष्ट्रिय चर्चित कलाकारहरुको साथमा म्युजिक सिस्टम हेम बिष्टको डिजेमा रम्ने कार्यक्रम भएकाले उपस्थित भई मनोरञ्जन लिन आग्रह गरेका छन् ।
समाजका अध्यक्ष राम भट्टराईले नया बर्ष मनाउन समय मिलाएर उपस्थित भै मनोरंजन लिन सबैमा अनुरोध गरेका छन् ।
गायक रमेशराज भट्टराई युवा पुस्ता माझ निकै लोकप्रिय छन् । बौलाहा गितबाट चर्चा कमाएर भट्टराईका प्राय गीतहरु चर्चामा छन् । त्यस्तै डान्सर करिष्मा ढकाल पनि पछिल्लो समय एक पछि अर्को म्यूजिक भिडियोमा व्यस्त छिन् । भने गायिका सम्झना भण्डारीका पनि प्राय गीत चर्चित छन् ।
पुरा भिडियो हेर्नुस






