विदेशमा बस्ने नेपालीको संख्या २२ लाख नजिक

k'l:tsf ;fj{hlgsLs/0fdf ;xefuL–k|d …k|r08Únufot sf7df8f}F !) r}t M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú z'qmaf/ k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no, /fli6«o tYofÍ sfof{noåf/f oxfF cfof]lht /fli6«o glthf sfo{qmddf …/fli6«o hgu0fgf–@)&* sf] k|ltj]bg k'l:tsfÚ ;fj{hlgsLs/0f ug{'x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाण्डौ । राष्ट्रिय जनगणना २०७८ ले २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार २१ लाख ९० हजार ५१२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् ।

१५ लाख ५५ हजार ९६१ घर परिवारका १७ लाख ९९ हजार ६७५ पुरुष र ३ लाख ९० हजार ९१७ जना महिला गरी २१ लाख ९० हजार ५९२ जना घरपरिवारमा अनुपस्थित विदेशमा अक्सर बसोबास गर्ने नेपालीको सङ्ख्या रहेको छ ।

यो सङ्ख्या २०६८ सालको राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेको पाइएको थियो ।

अक्सर विदेशमा बसोबास गर्ने सङ्ख्यामा देशभरका नगरपालिकाबाट ६७.०४ प्रतिशत रहेका छन् भने गाउँपालिका क्षेत्रबाट विदेश जानेहरू ३२.९६ प्रतिशत रहेका छन् । प्रदेशगत रूपमा भने सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट १९.२ प्रतिशत जनसङ्ख्या विदेशमा बसोबास गर्ने गरेको पाइएको छ ।

सबैभन्दा कम कर्णाली प्रदेशबाट ४.३ प्रतिशत देश बाहिर रहेको पाइएको छ । विदेशमा अक्सर बसोबास गर्ने परिवारमा अनुपस्थित सबैभन्दा बढी काठमाण्डौ, कैलाली, झापा, रुपन्देही र मोरङबाट छन् ।

यी प्रत्येक जिल्लाहरूबाट कम्तीमा ७० हजारभन्दा बढी व्यक्ति अनुपस्थित देखिएको छ ।