लन्डनमा अभिनेत्री करिश्मा मानन्धर सगैं बसेर दर्शकले हेरे ३३ वर्ष पुरानो चलचित्र कस्तुरी

लण्डन । बेलायतमा ३३ वर्ष पहिला छायाकंन गरिएको नेपाली चलचित्र कस्तुरीको प्रदर्शन गरिएको छ । साउथ ईष्ट लण्डनको ऊलविच स्थित द ट्रामेष्ड चर्च Tramshed theatre hall Woolwich को हलमा मार्च १२ तारिख आईतबार बेलुका प्रदर्शन गरिएको हो ।

३३ वर्ष पहिले छायाकंन गरिएको चलचित्र प्रदर्शनका लागि अभिनेत्री एवम् सो चलचित्रकी नायिका करिष्मा मानन्धर, नायक अजय शेखर प्रधान, निर्देशक डा. किरण प्रधान, निर्माता एवम् कलाकार बिनोद मानन्धर, धुर्व केसी, नायिका पार्वती अधिकारी लगायतका चलचित्रको टिमको स्वयं उपस्थित भएको थियो।

यसैगरी चलचित्र हेर्न स्थानीय ग्रीनवीचका काउन्सिलर जित रानाभाट,एनआरएनए अभियान्ता दिपक श्रेष्ठ, समाजसेवी मोहन गुरुङ, बिनोद ज्ञवाली, पुण्य रेग्मी, प्रकाश कडेंल,कल्पना त्रिपाठी,कुशल श्रेष्ठ, मनिष श्रेष्ठ, मञ्जु भण्डारी, बिनोद चिपालु, सनम कुमार वैराग, कुनल विश्वकर्मा,गायत्री श्रेष्ठ, सुदेशा बजगाईँ, राममाया विष्ट, ममता राई, सपन कुमार राई,मन्जु गुरुङ,तिलक भट्टराई,सुर्य बिक्रम के.सी,टोम अधिकारी लगायत स्थानीयले हल खचाखच भएको लण्डन नेपाल न्यूजका लागि प्रकाश कडेंलले बताए ।

पुरानो कस्तुरीलाई परिमार्जन गरेर निर्माण गरिएको कस्तुरीलाई नयाँ ढगंबाट हेर्न पाएकोमा दर्शकहरुले आयोजकसगं खुसी साटेका थिए । काउन्सिलर जित राना भाटले नेपाली चलचित्र कस्तुरी लाई बेलायतमा प्रदर्शन गरेको भन्दै आयोजक प्रति धन्यवाद व्यक्त गरे ।

नायिका करिष्मा मानन्धरले चलचित्रलाई माया गर्ने सम्पूर्ण दर्शकहरुलाई धन्यवाद आभार व्यक्त गरिन् ।

चलचित्र कस्तुरी प्रदर्शनका लागि सबै क्षेत्र सगं समन्वय गर्दै महत्वपूर्ण भुमिका निर्वाह गर्ने लण्डन निवासी चलचित्रका विज्ञ प्रसान्त खड्का र प्रमोद शर्मा लाई आयोजकले धन्यवाद समेत व्यक्त गरेको छ ।

उनि हरुले चलचित्र परिमार्जन गरि प्रदर्शनका लागि भुमिका निर्वाह गरेका थिए ।यस अगाडी चलचित्र कस्तुरीको साउथ ह्यारो स्थित गोल्डेन शीप रेष्टुरेण्टमा भव्य प्रदर्शन सम्पन्न भएको थियो ।