लण्डन ।बेलायतमा २०२३ समर नजीकीदै गर्दा मिडल्याण्डका युवा पुस्ताहरुलाई ब्याटीँग र बलिंगको लागी मैदानमा आव्हान गर्दै “ मिडल्याण्ड गोल्डन एभरेष्ट क्रीकेट लीग” ले खेल सुरु गर्न लागेको छ । महामहिम राजदुत डा. दुर्गा बहादुर सुबेदीले ६ अप्रिल २०१९ बाट एक बिशेष समारोहको आयोजनामा सुरू भएको हो ।
मिडल्याण्डबासी र नेपालीहरु र पूरै युकेमा रहने नेपालीहरूका लागि यो आकर्षक बनेको छ । यो लीगको चौथो संस्करण आगामी मे पहेलो हफ्ता बाट सुरु हुदै छ ।
लीगमा अहिले सम्म नोटीघम, बर्मिङ्हम, लेस्टर, ग्रान्थाम र पीटरब्रो गरि ५ टीमले टीम दर्ता गरिसकेका छन भने कोभीन्ट्री र ननीट्नको टीम दर्ता हुने तयारीमा छन् ।
यो लीग करीब ४ महिना सम्म चन्ले छ । यसअघि २०२२ को लीग बीजेता गोर्खाटाइगर्स लेस्ट्रर भयको थीयो भने उपबीजेता को उपाधी नोटीइघंम समाज बाट संचालित नोटीइघंम कुर्खा क्रीकेट टीम र तेस्रोमा सान्तिनेपाली समाज बाट संचालित टीम भएको थियो । पर्थम हुने टीमले £१५०० दोस्रो अघि हुने टीमले £७०० त टेस्रो हुने टीम ले £३०० रासीको पुरस्कर पनि प्रप्त गरेका थिए भने, फाइनल खेल नोटीइघंममा साझा नेपाली समाजमिडल्याण्ड मिडल्याण्ड मेलाको साथमा करिब ५०० जना दर्सकका बीच भब्य रुपमा बेलायतका लागी महामहीम राजदूत ज्ञान्चन्द्र आचार्यले समापन गर्नु भएको थीयो। २०२३ को पुरस्कर रासी दोब्बर हुने समेत हुने नोटीइघंमटीमका पुर्ब कप्तान तथा नोटीइघम समाजका नीबर्तमान अध्यक्ष दीपक सापकोटाले बताए ।
खेलको औपचारिक उद्घाटन खेलमा एक भव्य कार्यक्रम गरी महामहीम राजदूतबाट गरीने सापकोटाले लन्डन नेपाल न्युज लाई बताए ।
त्यसैगरि गरि यस लीग लाई सम्पुर्ण बेलायत बासी समाज सेबी बुद्धिजीवी र सक्नेजती सबैबाट साथ् र सहयोग गर्न समेत दीपक सापकोटाले यस्ता खाले प्रतियोगितालाई प्रथामीकता र प्रोत्साहन गर्दै आएकोमा यसपटक पनि सहयोग प्रदान गर्नु भएको छ ।
खेलाडीहरुको हौसला बढाउदै नयाँ पुस्तालाई सँधै साथ दिनुहने सम्पुर्ण प्रती हमेशा आभारी रहेको पुर्ब क्याप्टन दिपक सापकोटाले व्यक्त गरे । खेलाडीहरुको मनोबल र हौसला बलियो बनाउन सहयोग गर्न चाहेमा सम्पर्क गर्ने समेतको अनुरोध गरेका छन्






