बेलायतको प्रिन्सेस हलमा चलचित्र ‘यारी’ हेर्न ओइरिए दर्शक’हल खचाखच(भिडीयो सहित)

शिब भण्डारी /प्रकाश कंडेल

लन्डन ।बेलायतमा चलचित्र ‘यारी’ प्रदर्शन गरिएको छ ।किरात राई यायोक्खा बेलायतको आयोजनामा मार्च ४ तारिख शनिबार अल्टरसट स्थित प्रिन्सेस हलमा अतिथीलाई प्रवेशद्वार छिर्ने बित्तिकै पाइपर धुन बजाउदै ‘यारी’ प्रदर्शन गरिएको हो।

चलचित्र यारीका लेखन, छायांकन तथा निर्देशनक बीरबहादुर राई (युवराज) लाइ एक कार्यक्रमका बीच सम्मान समेत गरिएको हो ।बीरबहादुर राई (युवराज) को लेखन, छायांकन तथा निर्देशनमा बनेको फिल्ममा किराती संस्कृतिलाई जिवन्त उतार्न खोजिएको छ । गाउँमा आउने विकासले सँस्कार तथा संस्कृतिलाई मेट्दै गएको तितो यथार्थ चलचित्रमा त्यसलाई इंगित गरिएको निर्देशक राईले बताए । चलचित्रमा राईहरुको कला, भेषभुषा, संस्कार, संस्कृतिहरु झल्काउदै अवको पुस्ताले सचेतरुपमा आप्नो भाषा, संस्कार, संस्कृति, भेषभुषा, रितिरिवाजलाई संरक्षण र सम्बद्र्धन नगर्ने हो भने संकटमा पर्नेप्रति सचेत गराइएको छ ।

भोजपुर, खोटाङ र सोलुखुम्बू जिल्लाको विभिन्न ग्रामिण भेगमा छायांकन गरिएको यारीमा निर्भिक राई, विस्मिता राई, श्याम राई जाइका राई लगायतको अभिनय छ । डक्टर किरात र पदम राईको संगित रहेको चलचित्रको पाश्र्व गायनमा रुपकुमार राई, मेलिना राई, निश्चल राई, भिषण राई र सुनिता थेगिम रहेका छन् । जनक राईको नृत्य निर्देशन रहेको छ । मौलिकतालाई प्रामिकता दिइएकाले चलचित्र राम्रो वनेको दर्शकहरुको प्रतिक्रिया छ ।चलचित्र हेर्न बेलायतका विभिन्न ठाउँका दर्शक आएको आयोजक संस्था किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले लन्डन नेपाल न्युज लाई बताए ।

चलचित्र यारीको प्रदर्शनका लागि बेलायत आएका बीरबहादुर राई (युवराज) को आफ्नै निर्देशन लेखन र छायांकनमा बनेको फिल्म हेर्न बीरबहादुर राई (युवराज) सहित लण्डन दुताबासबाट तृतिय सचिब गजेन्द्र राई, तमुधि युकेका अध्यक्ष हरि गुरुङ, बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ,नेपाल आदिवासी जनजाती महासंघ बेलायत (नेफिन यूके) का अध्यक्ष कर्मा पहाडी शेर्पा,किरात राई यायोक्खा यूके की सल्लाहकार डा. सुमाया राई,एनआरएन अभियान्ता सुशीला राई तथा सम्पूर्ण किरात राई यायोक्खा यूके परिवार लगायत विभिन्न नेपाली समाजका प्रतिनिधिहरुको बाक्लो उपस्थितिले हल भरिएको थियो ।

किरात राई जातिको मौलिक संस्कार, सँस्कृति, रितीरिवाजमा आधारित चलचित्र यारीको प्रदर्शनले भब्यता पाएको थियो भने दर्शकहरुले चलचित्र हेरिसकेपछि उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।

पुरा भिडियो हेर्नुस: