काठमाडौं, १ आषाढ । इस्लामिक आतंकवादी समूह आइएसले कब्जामा लिएको टर्कीको सीमासँग जोडिएको मूख्य शहर तल अबयाद सिरियास्थित कुर्द लडाकुले फेरि आफ्नो नियन्त्रणमा लिएका छन् । केही समय पहिले आइएसले शहर कब्जामा लिई विभिन्न आतंकवादी गतिविधि गर्दै आएकोमा आइएस लडाकू उक्त शहर छाडी भागेका छन् । कुर्दीस सेनाले आइएसबिरुद्ध केही महिनादेखि चालेको कदमले सफलता पाउँदै गएको छ ।
अबयाद शहरबाट लखेटेपछि कुर्दिस सेना अब आइएसको अर्को गढ रक्का शहरतर्फ लागेको छ । तल अबयादमा आइएस र सरकारी सेनाबीचको भिडन्तका कारण हजारौं टर्किस नागरिक देश छाडी अन्यत्र पलायन भएका थिए । अन्तर्राष्ट्रिय गठबन्धन सेनाले गरेको कारबाहीका कारण पछिल्लो समय इराक र सिरियामा आइएसको पकड खुकुलो हुँदै गएको बताइएको छ ।
तल अबयाद शहर कुर्दीस सेनाको नियन्त्रणमा






