गोर्खा सत्याग्रह समिति र ‘प्रधानमन्त्री ‘प्रचण्ड’बीच भेटवार्ता,के भने गोर्खा बार्ता बारे ?

लण्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईको नेतृत्वमा गोर्खा सत्याग्रहकोएक प्रतिनिधिमण्डल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ, यसैगरी परराष्ट्रमन्त्री विमला राई पौड्याल, पूर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछाने,उपप्रधानमन्त्री एवम् उर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देन, पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीबीच भेटवार्ता भएको छ।

शनिबार भएको भेटमा आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ । तस्बिरमा हेरौ:

त्यस अवसरमा नेताहरुले भूपू ब्रिटीश गोर्खा सैनिक मुद्दा समाधानको लागि सकारात्मक रुपमा प्रस्तुत भएपछि हामी आशावादी भएका छौं ।गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले लन्डन नेपाल न्युज संग भने ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले नेताहरु संगको भेटमा आफ्ना मागहरु भूतपूर्व गोर्खाका लागि ब्रिटिश सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अंगभंग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यहरु लगायत समाधान गर्न बाँकी रहेका मागबारे आफ्नो धारणा राखेका थिए।