एनआरएनए फ्रान्सको अध्यक्षमा ठकुरी निर्वाचित

पेरिस । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा नरेन्द्र शाही ठकुरी निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न आठौं अधिवेशनले उपाध्यक्षमा गीता थापा र अमर भण्डारी, महासचिवमा मीन श्रेष्ठ, सचिवमा राजु खप्तडी, कोषाध्यक्षमा लालबहादुर सोडारी, सहकोषाध्यक्षमा संगीता तिमिल्सिना, महिला संयोजकमा मिली कोइराला, युवा प्रतिनिधिमा दिलिप गुरुङलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यमा कमल काफ्ले, अशोक कुँवर, सुर्यबहादुर क्षेत्री र उदयराज पाण्डे रहेका छन् । त्यस्तै आइसीसी सदस्यमा पारु (पार्वती) मल्ल निर्वाचित भएकी छिन ।

प्रमुख पदमा पुरानै अनुहार भए पनि अन्यमा थुप्रै नयाँ अनुहार यसपटकको कार्यसमितिमा परेको छ । ३ सय ७० जना पञ्जीकृत सदस्य रहेको एनआरएन फ्रान्सको निर्वाचनमा २ ओटा प्यानलबीच प्रतिस्पर्धा भएको थियो ।

नयाँ बनेको कार्यसमितिलाइ सबैलाई समेटेर काम गर्ने, आर्थिक पारदर्शिता राख्ने, यसपटक सदस्यता प्रमाणित नभएकालाइ विधान संशोधन गरेर समेट्ने, सबै चुनाबी प्रतिबद्वता पूरा गर्ने आदि चुनौती थपिएको बताइएको छ । वर्षैदेखि विवादित बन्दै आएको एनआरएनए फ्रान्सको सदस्यता वितरण प्रक्रियाको बिषयमा अधिवेशनमा आवाज उठेपछि पूर्वअध्यक्ष भक्त वाग्लेले अब विधान संशोधन गरेर सदस्यता वितरण गरिने आश्वासन दिएका थिए ।

  • शिव भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *