लन्डन । पिटरवोरो नेपाली समाज युकेले यही ९ जनवरी २०२३ मा गत वर्ष देखि संचालित फुटबल र करांते लगायत विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागि समाजका सबै बालबालिका तथा युवाहरूलाई प्रोत्साहित गर्ने अभिप्रायले अंग्रेजी नयांवर्षको अवसर पारेर Sporty Kids New Year and Awards Special Party सम्पन्न गरेको छ। 
पिटरवोरो नेपाली समाजले आफ्नै व्यवस्थापनमा संचालित स्थानीय कम्युनिटि हलमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष हरिहर भट्टराईले फुटबल र करांतेमा सहभागि सबैलाई नाम अंकित मेडल र उत्क्रिस्ट हुनेहरूलाई ट्रफी प्रदान गर्नुभएको थियोे। फुटवलको व्यवस्थापनमा सहयोग गर्ने समाजका पूर्व अध्यक्ष महेश अधिकारी र समाजको कार्यसमितिका सदस्य लव शर्मा तथा कृकेटको संयोजन गरिरहेका कार्यसमिति सदस्य सचिन भट्टराई र करांते प्रशिक्षक सुरेस वैध्यलाई पनि समाजका अध्यक्ष हरिहर भट्टराईले सम्मान स्वरूप ट्रफी प्रदान गर्नु भएको थियो ।
करिव ४० जना बालबालिका अहिले पिटरवोरो नेपाली समाजले आयोजना गरेको Sport Event मा सहभागि छन् । अभिभावकको समेत सहभागिता भएको कार्यक्रममा बालबालिकाले करांते र नृत समेत प्रस्तुत गरेका थिए । साथै समाजले सबैको लागि चियापान र खानपिनको व्यवस्था गरेको थियो।
गतवर्षको Young Karate Player of the year 2022 को ट्रोफि नोएल पौडेल Young Football Player of the year 2022 को ट्रोफि दिबेश बस्याल Nought & Crosses Champion को ट्रोफी अशिन घिमिरे तथा Group Quiz winner को उपाधी टीम काठमाडौले प्राप्त गरेका थिए । कार्यक्रमको संयोजन तथा संचालन लव शर्मा ले गर्नुभएको थियो भने कार्यक्रम संयोजनमा सहयोग गर्ने कार्य समाजका महासचिव कृष्ण लुइँटेलले गर्नुभएको थियो।
कार्यक्रममा समाजका भुतपुर्व अध्यक्षहरु किरण कार्की र केशब भण्डारीका साथै सहभागी बालबालिकाका अभिभावकहरूको लगायत समाज सदस्यहरूको पनि समेत सहभागिता रहेको थियो।
पिटरवोरो नेपाली समाजले हरेक वर्ष नेशनल लोटरी बाट प्राप्त च्यारिटी सहयोगबाट विशेष गरी समाजका बालबालिका र युवाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलाप गर्दै आएको छ।
कोभिड महामरी सुरूहुनु भन्दा आगाडि नेपाली कक्षा संचालन गरेको समाजले गत जुन देखि बालबालिकाको लागि करांते र फुटबल एवं युवाहरूको लागि फुटबल र क्रिकेट संचालन गर्दै आएको छ।






