लन्डन । बेलायतको साउथ वेस्ट लन्डनमा बसोबास गर्ने नेपाली हरुको साझा सस्था नमस्ते नेपाली कम्युनिटी युकेको अध्यक्षमा प्रेम खड्का निर्विरोध भएका छन् ।
आईतवार सम्पन्न सोसाईटीको दोश्रो अधिवेशनले खड्काको अध्यक्षतामा २ वर्षका लागि ११ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको हो। 
नवगठित समितिको उपाध्यक्षमा स्वीसा श्रेष्ठ, महासचिब विमल रोक्का,कोषाध्यक्ष यदु अर्याल,सचिव श्रीजा डंगोल सहकोषाध्य सुशिल प्रसाई चयन भएका छन् ।यसै गरी समितिको सदस्यहरुमा कविता खड्का खनाल,रफी श्रेष्ठ,भास्कर कर्माचार्य,हरी नेपाल र लुनी छोंचू रहेका छन्।
साधारण सभामा निर्वाचन कमिटिका संयोजक श्री होम नाथ पौडेलले सबै निर्वाचित पधाधिकारी हरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
सन् २०१९ मा स्थापित सस्थाले नेपाली समुदायलाई संस्थागत दिने र सबल बनाउने जमर्को गरिरहेका छौं नयाँ कार्यसमितिका माहासचिब विमल रोक्काले लण्डन नेपाल न्यूजलाई बताए ।






