लण्डन । तमुधिं लन्डन इकाईले लन्डनमा धुमधामका साथ पन्चे बाजा बजाउदै ल्होछार पर्ब मनाएको छ ।
लन्डन इकाइले ८ जनवरी आइतबार नौमती बाजाका साथमा अतिथिहरुलाई स्वागत र सम्मानका साथ ग्रिनफोर्ड टाउन हलमा ल्होछार भव्य रुपमा मनाएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि नेपाली दूताबास लण्डनकी उपनियोग प्रमुख रोशन खनाल रहनुभएको थियो।कार्यक्रममा बिशिष्ठ अथिति धर्म गुरु परम पूज्य श्रद्बेय टुल्कु सांग्ये योन्तेन ग्यात्शो गुरुड,तमुधी युकेका अध्यक्ष हरि गुरुङ,काउन्सिलर लक्ष्य गुरुङ,काउन्सिलर विष्णु गुरुङ,एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, काउन्सिलर विष्णु गुरुङ,आमा समुहकी अध्यक्ष कमला गुरुङ,संरक्षक खुसीमान गुरुङ,पूर्व अध्यक्ष डेबिड गुरुङ लगायतले पानसमा सामूहिक रुपमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
मातृभूमी नेपालको राष्ट्रिय गीत,कर्मभूमी वेलायत र तमुहरुको मौलिक राष्ट्रिय गीतमा ऊपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरुले ऊठेर आत्मसाथ गरि गुन्जएमान गीतमा राष्ट्रियता र आफ्नो पहिचान प्रति गर्वको महशुष गरेका थिए।

समाजका महासचिव विकास गुरुङले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष भरत गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष गुरुङ कार्यक्रम सयोंजक समेत हुन् । दिप प्रज्वलन पश्चात महिला कार्यक्रम संयोजक हेलिसा गुरुङ र पुनम गुरुङले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।उनीहरुले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै विशेष नृत्य कोशेली प्रस्तुत गरेका थिए ।

धर्म गुरु परम पूज्य श्रद्बेय टुल्कु सांग्ये योन्तेन ग्यात्शो गुरुड रिम्पुछे,धर्म गुरु श्रद्बेय खेन शन्तोष गुरुड रिम्पुछे,क्याप्र्ही चिवा हिरा तमु,बाट प्रवचन सगैं आशिर्वाद प्रदान गरेका थिए ।काउन्सिलर लक्ष्य गुरुङ,एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उच्च शिक्षा हासिल गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने तमुधी लण्डनका पदाधिकारीहरुले त्यसअवसरमा तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष हरि गुरुङलाई समाजको तर्फबाट विशेष सम्मान गरिएको थियो । तमुधी युकेका अध्यक्ष गुरुङले तमुधी लण्डन ईकाई तमुधी युकेको खम्बा रहेको भन्दै सबै एकजुट रहेको र सबै मिलेर अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा विभिन्न समाजको नेतृत्व गर्ने अतिथि एवम् दिग्गज व्यक्तिहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । आमा समुहकी अध्यक्ष कमला गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।
नेपाली दुताबासकी उपनियोग प्रमुख रोशन खनालले गुरुहरुको मेलमिलाप र समुदायको उपस्थिति देख्दा आफु खुसी भएको भन्दै यस पर्वले अझै आत्मियता र भाईचाराको सम्बन्ध स्थापित गरोस भन्ने शुभकामना व्यक्त गरेकी थिईन् । आयोजक तमुधी लण्डन ईकाईले ल्होछार मात्रै नभएर विभिन्न कार्यक्रम गरेर एकआपसमा नेपालीहरुलाई जोड्ने काम गरेको बताईन् ।
उक्त अवसरमा समाज र समुदय प्रति ऊल्लेखनिय योगदानलाई मनन र ऊच्च कदर गर्दै हरेक बर्षको ल्होछार कार्यक्रममा अर्पण गरिने Personality Award आमा समुहकी पूर्व अध्यक्ष दिलमाया गुरुङ,प्याट्रोन खुसीमान गुरुङ र पूर्व अध्यक्ष चन्द्र बहादुर गुरुङ, को जीवनी पढेर सम्मान व्यक्त गरिएको थियो।
कार्यक्रमका अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङले उपस्थित सम्पूर्णलाई ल्होसारको शुभकामना व्यक्त गर्दै तमुधी लण्डन ईकाईलाई विभिन्न क्षेत्र र माध्यमबाट साथ र सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा तमुधी युकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, स्याङजा समाज युकेका अध्यक्ष शारदा गुरुङ, सहारा युकेका अध्यक्ष कुशन गुरुङ, सोपाल समाजका अध्यक्ष श्रीप्रसाद गुरुङ ,लमजुड समाज यूकेका अध्यक्ष दल बहादुर गुरुड,कोल्मा बाहाकोट समाज यूकेका अध्यक्ष कृष्णा गुरुड(Krish) चार भन्ज्याडं गुरुड,समाज यूकेका अध्यक्ष वेन कुमार गुरुड,साथै पन्चसे समाज यूकेका अध्यक्षलाई बधाई तथा खादाले सम्मान गरि सफल कार्यकालको शुभकामना दिएको थियो।कार्यक्रममा विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको विशाल उपस्थिति रहेको थियो।
दोश्रो चरणको मनोरञ्जनात्मक कार्यक्रम ईकाइका सांस्कृतिक सचिव कुमार गुरुङ,महिला कार्यक्रम संयोजक हेलिसा गुरुङले साली भेना साईनोको डोरी समात्दै मनमोहक रमाईलो गराउँदै सञ्चालन गरेका थिए । मिना गुरुङको एकल गीत प्रस्तुत गर्दै दर्शकहरुलाई निकै नै मनोरञ्जन प्रदान गरेकी थिईन् । स्वागत नृत्यमा हेलिसा गुरुङ र पुनम गुरुङको स्वणर्ीम प्रस्तुतीले प्रसंसाको ताली अनि संवादमा थुप्रै प्रसंसा पाएको थियो । त्यसै गरि ईकाइका यूव संयोजक सृष्टि गुरुङ, सृजना गुरुङको सामुहिक नृत्य उत्कृष्ट रहेको थियो ।
एकल नृत्यमा बिर्शा गुरुङको नृत्यले धेरै भन्दा धेरै प्रसंसा तारिफ बटुलेको थियो । त्यसैगरि आफ्नो शब्द लय संकलनमा सृजना गरिएको फूर्कुटे चोली ठेड चुट्का कौडा नृत्यमा आमा समुहको तर्फबाट लक्ष्मी गुरुङ, दुर्गा गुरुङ र बिध्या गुरुङको कौडा नृत्य प्रस्तुती अति नै रोचक बनेको थियो । नेपालबाट आएका कलाकारहरु सुरेन्द्र गुरुङ, चिज गुरुङ र भिमु गुरुङको उत्कृष्ट प्रस्तुतीले उपस्थित सबैलाई रम्दै नचाएका थिए ।
गुरुङ गीत,लोक भाका र जनजिब्रोमा झुण्डिएको दोहोरी प्रस्तुतीले सबैलाई नाच्न र रम्न ऊत्सुक हुंदै एकै साथ नचाऊन सफल भएका थिए । कार्यक्रमको अन्तिम चरणमा अथिति कलाकार, सञ्चारकर्मीहरु ,फोटोग्राफर, साउण्ड सिस्टम डिजेहरुलाई खादा र सम्मान प्रमाणका साथमा सम्मान गरिएको थियो । भाग्यदोय चिट्ठा कस्लाई पर्ला भन्ने धैर्यताको बांध फूकाउन लण्डन ईकाइ आमा समुह कोषाध्यक्ष गुड्डु गुरुङको नेतृत्वमा दुर्गा गुरुङले साथ दिंदै आमा समुह अध्यक्ष र सह सचिव संगीता गुरुङले उनीहरुलाई साथ दिएका थिए । प्रथम भाग्य चिट्टा पुरस्कार आधा तोला सुनको औंठी बिजेता पुजा गुरुङ र द्धितिय पुरस्कार चाँदीको सिक्री विजेता गंगा गुरुङले हात पार्न सफल भएका थिए । प्रथम पुरुस्कार प्रायोजक जयकृष्णा ज्वेलर्स साउथ ह्यारोले र द्धितिय टिडिएलई आमा समुहले प्रायोजन गरेका थिए । ऊपस्थित सबैलाई स्वादिष्ट खानाको व्यवस्था गोर्खा दरबार नेपाली रेष्टुरेण्टका फेलथाम धन बहादुर गुरुङले गरेका थिए । साऊण्ड सिस्टममा शुसील गुरुङ र फोटोग्राफीमा जोन घेताने साथ दिएका थिए । कार्यक्रम निकै हर्सोल्लास र भब्य रुपमा सम्पन्न गरियो।
सुरु देखि अन्तिम सम्मको कार्यक्रममा के के भयो हेर्नुस पुरा लाईभ भिडियो



















































