फेन्काको तेश्रो साधारण सभा सम्पन्न

सिड्नी । फेडेरसन अफ नेप्लिज कम्युनिटि एशोसियसन्स अफ अष्ट्रेलिया (फेन्का) को तेश्रो साधारण सभा सम्पन्न भएको छ । डिसेम्बर ३ शनिवार रक्डेलको  झरना फंक्सन सेन्टरमा सम्पन्न साधारण सभाले विभिन्न विषयमा छलफल गर्नुका साथै विभिन्न प्रतिवेदनहरु अनुमोदन गरेको छ ।बिहान ११ बजेबाट साढे १२ बजेसम्म चलेको बन्द सत्रमा फेन्काका अध्यक्ष डा. कृष्ण हमालले अध्यक्षको प्रतिदेवन प्रस्तुत गरेका थिए । त्यस्तै महासविच डा.मधु पुडासैनीले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष राजन कोईरालाले आफ्नो प्रतिवदेन प्रस्तुत गरेका थिए ।खुल्ला सत्रमा सहभागीहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए भने ती जिज्ञासाहरुको पदाधिकारीहरुले जवाफ दिएका थिए । उक्त प्रस्तुत गरिएका प्रतिवेदनहरु साधारण सभाले अनुमोदन गरेको थियो

दिउँसो १ बजेबाट खुल्ला सत्र सुरु भएको थियो ।  कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले भर्चुअल माध्यमबाट शुभकामना सन्देश दिएका थिए । उनले फेन्काले अस्ट्रेलियन सरकारसगं समन्वय गरेर विद्यार्थीहरुका विभिन्न समस्या समाधानमा अझै सशक्त भएर लाग्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा फेन्काका अध्यक्ष डा. कृष्ण हमालले फेन्काको महत्व काम कर्तव्यहरु, विभिन्न चरणमा भएका कार्यक्रहरु, विद्यार्थी तथा अभिभावक र सरकारसगं समन्वय गरेर गरेका विभिन्न कामहरुको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै महासविच डा. मधु पुडासैनीले आफ्नो मन्तव्य व्यक्त गर्दै सदस्यहरुको बारेमा जानकारी गराएका थिए उनले नयाँ कार्यकालमा जम्मा साधारण सदस्य १ सय जना पुर्याउने उद्धेश्य रहेको भन्दै निरन्तर बैठक तथा छलफल कार्यक्रम आयोजना गरिने बताए ।

कार्यक्रममा डा.देवेन्द्र सापकोटाले  मानसिक स्वास्थ्य सम्बन्धित प्रस्तुती राखेका थिए । फेन्काका सल्लाहकार डा.बिनोद नेपालले अस्ट्रेलियामा रहेका नेपाली समुदायको जनसंख्या, बसोबासी, भाषा भेषभुषा तथा उनीहरुको समग्र पक्ष समेटिएको तथ्याकं प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली समुदायमा पुर्याएको योगदानको मूल्याकंन गर्दै डा.नारायण प्रधानलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, कान्सिलर भद्र वाईवा, युवा अभियान्ता बिनोद पौडेल, नेपाली समाजका अगुवा डा. नारायण प्रधान लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा डा. नारायण प्रधान लाई सम्मान समेत गरिएको थियो ।उपाध्यक्ष बोम योञ्जनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासविच डा. मधु पुडासैनीले गरेका थिए ।