विश्व विजेता जर्मनी अमेरिकासँग पराजित

काठमाडौं- अमेरिकाले मैत्रिपुर्ण फुटबल खेलमा बिश्व बिजेता जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । जर्मनीमा सम्पन्न खेलमा १२ औ मिनेटमानै गोल गर्दै मारियो गोट्जेले घरेलु टोलीलार्ई अग्रता दिलाएका थिए । तर अमेरिकमाका लागी ४१ औ मिनेटमा मिक्केल डिस्केरुडले गोल गर्दै खेल बराबरीमा ल्याए । ८८ औ मिनेटमा सब्सीच्युड खेलाडी बब्बी सौ उडले लागी गोल गर्दै अमेरिका लाई २–१ को अग्रता दिलाए । प्रतिस्पर्धात्मक बनेको खेलमा त्यस पछि जर्मनिले कुनै गोल गर्न नसक्दा घरेलु मैदानमा बिश्वपक बिजेता टोली पराजित हुन बाध्य बनेको हो ।