उत्तर अमेरिकाको सर्वोच्च शिखर आरोहणको तयारीमा रहेका विश्व पर्वतारोही एवम् धावक सञ्जय पण्डितलाई न्युयोर्क बस्ने समाजसेवी कृष्णबहादुर विष्टले व्यक्तिगत रुपमा दुई हजार डलर (करिब दुई लाख रुपैयाँ) आज प्रदान गर्नुभएको छ । आज न्युयोर्कको रिज्वुदमा आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो । सात महादेशका सातै सर्वोच्च शिखर आरोहणका कीर्तिमान बनाउने तयारीमा रहेका पण्डितले यसअघि एसियाको सगरमाथा र मनास्लु, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो, युरोपको उच्च शिखर माउण्ट एलब्रुस, अस्ट्रेलियाको माउण्ट कोजिअस्को र दक्षिण अमेरिकाको माउण्ट एकन्कागुवा सफलतापूर्वक आरोहण गरिसकेका छन् ।
एउटा युवाले राष्ट्रलाई चिनाउन यस्तो उत्साहका साथ विश्वसामु आएकोमा खुसी व्यक्त गर्दै धनले होइन मनलेमात्र सहयोग गरेको बताउदै डेनाली हिमालको आरोहण सफल पार्न सहयोग गर्न पनि विष्टले अपिल गर्नुभयो । विष्ट रिज्वुड नेपाली समाजका वर्तमान उपाध्यक्ष हुनुहुन्छ । पण्डितले अमेरिकाको डेनाली आरोहण जीवनको एउटा अविस्मरणीय क्षण मानेको र भूकम्पबाट मारिएकाको सम्झनाप्रति यो आरोहण समर्पण गर्ने कुरा बताए । उनी जुन २३ मा न्युयोर्कदेखि अलास्कातर्फ प्रस्थान गर्दैछन् ।
न्युयोर्कका विष्टले सञ्जयलाई दिए रु दुई लाख






