सिड्नी । लामो समयदेखि अस्ट्रेलियालाई कर्मथलो बनाई नेपाली सागींतिक क्षेत्रमा क्रियाशिल गायक रमण रेग्मीले देश प्रेम झल्काउने राष्ट्रिय गीत सार्वजनिक गरेका छन् ।
लोकप्रिय संगीतकार राजनराज शिवाकोटीको संगीतमा गायक रेग्मीको ‘नेपालै जाउँ जाउँ लाग्छ’ बोलको गीत सार्वजनिक गरिएको हो । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङको रचना रहेको उक्त गीतको सगींत सयोंजन उदय राज पौडेलले गरेका छन् ।
म्यूजिक भिडियो सहित सार्वजनिक गरिएको गीतले परदेशमा रहेर आफ्नो मातृभूमी प्रतिको मायालाई दर्शाएको छ । म्यूजिक भिडियोमा अभिनेता आमेश भण्डारी, लक्ष्मी गिरी लगायतले मुख्य अभिनय गरेका छन् । उनीहरुलाई भिडियोमा आमा छोराको भुमिकामा देख्न सकिन्छ ।
त्यस्तै सुष्मिता कुँवर र आकृति गौतमको समेत अभिनय रहेको गीतको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् । बुद्ध थापा (नेपाल) तथा कवि सुवेदी (सिड्नी) द्वारा छायांकन गरिएको म्यूजिक भिडियोमा केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।
यो भिडियो हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले परदेशमा रहेका नेपालीहरुको देश प्रेम झल्काएको भन्दै गायक रेग्मीले दर्शक श्रोताको माया पाउनेमा विश्वास व्यक्त गरे ।
हेर्नुहोस् गीतको म्यूजिक भिडियो






