लण्डनमा ‘ए स्टार नेप्लिज बास्केटबल लिग २०२२’ का विजेतालाई अवार्ड प्रदान

लन्डन । बेलायतमा पहिलोपटक आयोजित ‘ए स्टार नेप्लिज बास्केटबल लिग २०२२’ का विजेतालाई अवार्ड प्रदान गरिएको छ ।

मंगलबार सांझ लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा लिग आयोजक नेपाल बास्केटबल यूकेले अवार्ड प्रदान गरेको हो ।

नेपाल बास्केटबल संघका केन्द्रिय अध्यक्ष भिमसिंह गुरुङ र नेपाल बास्केटबल यूकेका अध्यक्ष रुपक गुरुङले खेलाडीलाई अवार्ड प्रदान गरेका थिए ।

लिग एमभीपी प्रसान राई (स्यान्डहर्स्ट निक्स), कोच अफ द सिजन सुजन गुरुङ (वाटरमेलन स्न्याचर्स), योङ प्लेयर अफ द सिजन आयुष गुरुङ (बलर्स स्ल्यामर्स), डिफेन्सिभ प्लेयर अफ द सिजन रोशन गुरुङ (वाटरमेलन स्न्याचर्स), थ्री पोइन्ट लिडर प्रसान राई (स्यान्डहर्स्ट निक्स), टप स्कोरर (रेगुलर सिजन) इमानुयल अगस्टिनो (साउथ आसफोर्ड वुल्भस्) ले अवार्ड पाए ।

त्यसैगरि, नेपाल बास्केटबल यूके (एनबीयूके) फस्ट टिमको अवार्ड पाउनेमा प्रसान राई (स्यान्डहर्स्ट निक्स), निशु राना (वाटरमेलन स्न्याचर्स), प्रताप गुरुङ (डीबीएस), रोशन गुरुङ (वाटरमेलन स्न्याचर्स) र मेर्गीम सोकोली (डीबीएस) छन् ।

एनबीयूके सेकेन्ड टिमतर्फ भिजन गुरुङ (बीएसके), आयुष गुरुङ (बलर्स स्ल्यामर्स), रोशन गुरुङ (साउथ आसफोर्ड वुल्भस्), इमानुयल अगस्टिनो (साउथ आसफोर्ड वुल्भस्) र असिम मल्ल (मेडस्टोन टाइटन्स्) ले अवार्ड पाए ।

सचिव भुवन लिम्बुले सञ्चालन गरेको कार्यक्रममा नेपाल बास्केटबल संघका केन्द्रिय अध्यक्ष भिमसिंह गुरुङले आफू अध्यक्ष भएपछि नेपालमा बास्केटबल खेलको विकास र अवसरका लागि आक्रामक रुपमा लागेको उल्लेख गर्दै बेलायतबाट पनि सहयोगको अपेक्षा राखे ।

लिग मुख्य प्रायोजक ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रबन्ध निर्देशक एवं इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामीले आगामी वर्ष लिग अझ व्यापक रुपमा खेलाउन आर्थिक सहयोग गर्ने प्रतिवद्धता दोहोरयाए ।

उक्त कार्यक्रममा दर्लामीले नेपाल बास्केटबल संघका केन्द्रिय अध्यक्ष भिमसिंह गुरुङ र राष्ट्रिय संयोजक शरद विष्टलाई स्वागतसहित सम्मान गरेका थिए । नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत (एनएनआइपीए) को निमन्त्रणामा नेपाल बास्केटबल संघका पदाधिकारी लन्डन आएका हुन् ।

कार्यक्रममा विजेता खेलाडीसहित नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत (एनएनआइपीए) अध्यक्ष सिद्धार्थविक्रम क्षेत्री, यती पूर्व अध्यक्ष उमेश मोक्तान, ए स्टारका मोर्गेज एड्भाइजर किशोर राना लगायतको उपस्थिति थियो ।

नेपाल बास्केटबल यूकेले पहिलो पटक आयोजना गरेको लिगमा बेलायतभरबाट ८ नेपाली टिम सहभागी थिए ।