सिड्नी ।सिड्नीको नर्थ सोरमा बस्ने नेपालीहरु संस्था नर्थ सोर नेप्लिज कमिटीको अध्यक्षमा प्रेम सापकोटा चयन भएका छन् । आईतबार सम्पन्न संस्थाको अधिवेशनले सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा हिरा गिरी, सरोज पाण्डे, सचिवमा विनोद घिमिरे,सहसचिवमा जनक पाण्डे र राधिका खरेल जोशी तथा कोषाध्यक्षमा टिका रेग्मी चयन भएको कमिटीका पब्लिक अफिसर उद्धब भट्टले जानकारी दिए ।
यसैगरी सदस्यहरुमा निसान्त बर्तौला,सुनिता केसी,अशिम लम्साल,जनक गिरी ,राजन बिष्ट,प्रदिप कडेंल,साजन पोखरेल र भूपेन्द्र कडेल रहेका छन् । कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष गणेस केसीले नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै सो अवसरमा नेपाली समाजका अग्रज कुमार गिरी,कपिल नेपाल,ध्रुव लोहनी,राम घिमिरे,युक्त प्रसाद कडेल,राज कुमार भट्ट,शिशिर नेपाल,विवश लामिछाने,शिव श्रेष्ठ,कृष्ण ढकाल,मोतिलाल नेपाल लगायतले कमिटीले अझै धेरै प्रशंसनीय र नमुना काम गरोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।
कमिटीका निवर्तमान अध्यक्ष विकास केसीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।






