सिड्नीमा बहुसांस्कृतिक कार्यक्रम हुँदै

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा बहुसांस्कृतिक कार्यक्रम हुने भएको छ । नेप्लिज अस्ट्रेलियन वेयलफेयर काउन्सिल र अस्ट्रेलियन मल्टिकल्चरल रिलेशन एलाईन्स (एएमआरए) को सहकार्यमा आगामी डिसेम्बर ३ तारिखमा  सिड्नीको साउथवेस्ट  मिन्टो कोरोनेशन पार्कमा मल्टिकल्चरल म्यूजिक एण्ड फुड फेस्टिबल हुँदैछ ।

विभिन्न खानाका परिकार, सागींतिक प्रस्तुतीका साथमा फेस्टिबलको आयोजना गरिएको छ । विभिन्न देशका विविधता बोकेका प्रस्तुती सगैं पछिल्लो पुस्तालाई सहभागी बनाएर कार्यक्रम गर्न लागिएको नेप्लिज अस्ट्रेलियन वेयलफेयर काउन्सिल अध्यक्ष नागेन्द्र अधिकारीले जानकारी दिए ।

३ भागमा विभाजन गरी कार्यक्रम तालिका निर्धारण गरिएको छ । जसअनुसार पहिलो चरणको कार्यक्रम दिउँसो ३ बजेबाट सुरु हुने र सो कार्यक्रममा विभिन्न वेलफेयरहरुले आफ्नो गीत, सगींत र नृत्य प्रस्तुत गर्नेछन् । त्यस्तै बालबालिकाहरुले समेत आफ्नो प्रतिभा देखाउनेछन् । नेपाली, ईन्डियन, अरेबियन, बगांली लगायत भाषाका आआफ्नै प्रस्तुतीहरु रहने बताईएको छ ।

दोश्रो चरणको कार्यक्रम बेलुकी ६ बजेदेखि सुरु हुनेछ । उक्त कार्यक्रममा बहुसांस्कृतिक  मन्त्रीको प्रतिनिधि पिटर ब्रायन सिडग्रेभ्स, मेयर जर्ज ग्रेस, क्याम्डेन काउन्सिलर उषा डम्राजु, लिभर काउन्सिलका काउन्सिलर फिवोना नउट्टी, काम्बेलटाउन काउन्सिलका काउन्सिलर जोन लगायत विभिन्न समुदायका कम्युनिटी लिडरहरुले सम्बोधन गर्नेछन् ।

बेलुकी ६ः३० बजेबाट सुरु हुने तेश्रो चरणको कार्यक्रममा सागींतिक ईभेन्ट्स रहनेछ । उक्त कार्यक्रममा चर्चित कलाकारहरु रमन रेग्मी, एजे आचार्य, र रिमा मोक्तानले आफ्नो रकिङ प्रस्तुती दिनेछन् भने अरेबियन गीत, ईन्डियन बगांली, र लाईभ अग्रेंजी ब्याण्डको समेत प्रस्तुती रहने बताईएको छ ।

कार्यक्रममा विभिन्न नेपाली, ईन्डियन, बगांली, चाईनिज लगायतका देशका खानाका परिकारहरुका स्टल रहनेछन् । कार्यक्रममा बच्चाहरुका लागि फ्रि फेस पेन्टिङ, मनोरञ्जन र राईडस्को व्यवस्था गरिएको छ । फुड स्टल र बच्चाहरुका लागि लक्षित गरिएका कार्यक्रमहरु भने १२ बजेबाटै सुरु हुने आयोजकको भनाई छ ।

नेप्लिज अस्ट्रेलियन वेयलफेयर काउन्सिल विभिन्न पेशा व्यवसाय र सामाजिक व्यक्तित्व तथा दोश्रो पुस्ताका व्यक्तिहरुको समेत सहभागीतामा समिति बनाईएको संस्थाको  अध्यक्ष नागेन्द्र अधिकारी रहेका छन् भने  उपाध्यक्षमा सज्जन कार्की रहेका छन् ।त्यस्तै सचिवमा रन्जीत राज वन्त, ट्रेजर र सबला बस्नेत, पब्लिक अफिसरमा धुर्व पोखरेल, र सदस्यहरुमा डा.विशाल खतिवडा, हिरा कडेंल, अमित बराल, विकास झा, विक्रम शेरचन, कृष्ण चापागाईँ, बिनोद लम्साल, बुद्धि तिमिल्सिना, हरि अधिकारी, ज्योति रोका, नविन पोखरेल, खेतराज कोईराला, रविना उप्रेती, शरद गिरी, पुर्ण थापा मगर, उमेश श्रेष्ठ, पकंज उप्रेती, प्रमोद कार्की, पुष्कल थापा, र दोश्रो पुस्ताबाट मेलिसा तिमिल्सिना र आयुषी कोईराला रहेका छन् ।कार्यक्रम सम्पन्न गर्न क्यम्बेलटाउन सिटी काउन्सिलको सहकार्य रहेको छ ।