सिड्नी । ब्रिसबनमा ‘गजल मुशायरा’ कार्यक्रम सम्पन्न भएको छ । गजल वाचन, गायन र नृत्यको एउटा सगंम ‘गजल मुशायरा’ हरेक वर्ष गजल मुशायरा परिवारले गर्दै आईरहेको छ ।
यस वर्ष ब्रिसबनमा शनिवार ‘गजल मुशायरा’को बाह्रो संस्करण गरिएको हो । उक्त अवसरमा अस्ट्रेलिया भरवाट उपस्थित भएका बाईस जना नेपाली गजलकारले आफ्नो गजल वाचन गरेका थिए । सोही अवसरमै नेपाल आईडल सिजन दुईका उपबिजेता बिक्रम बराल र चेतन सापकोटाले गजल गायन प्रस्तुत गरेका थिए भने एलिना न्यौपाने र जमुना सुबेदीले गजल नृत्य प्रस्तुत गरेको कार्यक्रम संयोजक डा. केशव शर्माले जानकारी दिए ।
गजल मुशायराको बाह्रौ संस्करणमा ब्रिसबेनबाट डा. केशव शर्मा, राजेश्वरी रेग्मी आचार्य, लक्ष्मी खड्का, सफल घिमिरे, हरिराज अधिकारी, शिशिर सिंखडा, बिक्रम तिमल्सिना, कृष्ण सर्मपण सहभागी भएका थिए ।
त्यसैगरी सिड्नीवाट,अशोक शर्मा, उत्सव आर सी, ओमराज अधिकारी, जितेन्द्र मल्ल, आदर्श खत्री शिवजी भण्डारी, श्रीजना थापा तथा तास्मानियाबाट ईश्वर पौडेल, मेलवर्नबाट लक्ष्मण सञ्ज्याल,रमेश अधिकारी,कल्याण अधिकारी, क्यानबेरावाट, बिनायक अधिकारी, तुल्सा पाण्डे, सुलभ दंगालले गजल वाचन गरेका थिए ।
कार्यक्रममा स्थानीय अगुवा, गैर आवासिय नेपाली संघ अस्ट्रेलियाका प्रतिनिधी, बिभिन्न बिधामा कलम चलाउने साहित्यकार, समाजसेवी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा गजलकार बसन्त वली बसन्तीको ‘बोई’ गजल संग्रहको लोकार्पण समेत गरिएको थियो ।
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले प्रस्तुत गरेको कार्यक्रमको सह आयोजकको रुपमा अनेसास ब्रिसबेन च्याप्टर र सहयोगिको रुपमा गैर आवासिय नेपाली संघ रहेको थियो ।
गजल मुशायरा परिवारले सन २०१४ देखी मोती जयन्तीको अवसर पारेर अस्ट्रेलियाको सिड्नीबाट शुरु गरेको यो कार्यक्रम हालसम्म अस्ट्रेलियाको बिभिन्न शहर र अस्ट्रेलिया बाहिर मलेशिया र नेपालमा गरी बाह्र वटा सफल संस्करणहरु प्रस्तुत गरेको संस्थापक जितेन्द्र मल्लले बताए ।
गजल मुशायरा कार्यक्रमको अलवा संस्थाले अग्रज गजलकारहरुको सम्मान, नयाँ सर्जकहरुलाई गजल तथा कविता लेखन सम्वन्धी अन्र्तक्रिया कार्यक्रम, मासिक, त्रैमासिक रुपमा साहित्यिक जमघटहरु र अनौपचारीक सुन्ने सुनाउने कार्यक्रमहरुको समेत आयोजना गर्दै आएको छ ।
मुशायरा परिवारले गजल मुशायराको ब्रिसबेन संस्करणमा सहभागीता जनाउने तथा कार्यक्रमलाई विभिन्न माध्यमबाट सहयोग पूर्याउनेहरु प्रति आभार व्यक्त गरेको छ ।






