ओएनएफए अस्ट्रेलिया न्यू साउथ वेल्स राज्यले दशैँ तिहार शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

सिड्नी । प्रवासी नेपाली मञ्च अस्ट्रेलिया न्यू साउथ वेल्स राज्यले दशैँ तिहार शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

हिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभदिपावली जस्ता महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो

प्रवासी नेपाली मञ्च अस्ट्रेलिया अन्तर्गतको न्यू साउथ वेल्स राज्यले सिड्नी स्थित थर्ड आई रुफटपमा यही अक्टोबर १ तारिख शनिवार १० बजेदेखि १२ बजेसम्म दशैँ तिहार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्न लागेको प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्सका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिए ।

प्रत्येक वर्ष नियमित रुपमा गर्दै आएको कार्यक्रम यसवर्ष पनि गर्न लागिएको र लामो समयसगं भेटघाट नभएका साथीहरुसगं भेटघाट हुने तथा आफ्ना अनुभव र विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको उनले बताए । प्रवासी नेपाली मञ्चका सबै साथीहरुको उपस्थिति रहने उनले बताए ।