प्रवासी नेपाली मञ्च युकेको अध्यक्षमा भुसाल विजयी, अरु पदमा को–को आए (नामावली सहित)

तस्विरहरु: प्रकाश कंडेल 

लण्डन ।नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको अध्यक्षमा तुङ्गभद्र भुसाल निर्विरोध चयन भएका छन् ।

आइतवार अल्डरशट स्थित एम्पायरहलमा आयोजना भएको मञ्चको सातौं राष्ट्रिय अधिवेशनले भुसाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

नयां नेतृत्वको अध्यक्षमा तुङ्गभद्र भुषाल, सुरेन्द्र थपलिया,र सरस्वती केसी बीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो तर केसी र थपलियाले आफ्नो दावेदारी फिर्ता लिए पछि भुषाल सर्वसम्मत भएका हुन् ।

महाधिवेशनको उद्धघाटन नेकपा (एमाले) का स्थायिकमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई गरेका थिए ।

ग्लोबल अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको जसमा कर्ण शाही, गोविन्द पौडेल, सञ्जय थापा, आकलजंग लामा, दिनेश घिमिरे, रामशरण सिम्खडा, विनोद ज्ञवाली, कल्पना त्रिपाठी सदस्य थिए। अध्यक्ष मन्डल बाट कर्ण शाहीको संयोजकत्वमा गोविन्द पौडेल, विनोद ज्ञवाली र कल्पना त्रिपाठी सदस्य रहेको निर्वाचन समिति रहेको थियो।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, एमाले केन्द्रीय सदस्य तारा राई, मञ्चको ग्लोबल कमिटी अध्यक्ष भक्त गुरुङ, सदस्य कर्णबहादुर शाही र प्रमुख सल्लाहकार सञ्जय थापा, युरोप कमिटी अध्यक्ष गोविन्द पौडेल, संस्थापक अध्यक्ष आकलजंग लामा, जनप्रगतिशिल मञ्च यूके अध्यक्ष मानबहादुर गुरुङ लगायतले पनि शुभकामना मन्तव्य दिएका थिए।

पहिलो सत्र अध्यक्ष सुरेन्द्र थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव सुरेशजंग शाहले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सरस्वती केसीले स्वागत मन्तव्य तथा तुंगभद्र भुसालले धन्यवाद मन्तव्य दिएका थिए।

यस्तो छ नयां कार्यसमिति

अध्यक्ष
तुङ्गभद्र भुसाल

उपाध्यक्ष:

सुरेशजंग शाह
कृष्ण भण्डारी
डा. मुकुन्द बास्तोला

सचिब

पुण्य रेग्मी

उप-सचिब
गोबिन्द सापकोटा
कल्पना आङ्बुहाङ्ग
लिलामान सेरपुण्जा

सदस्यहरु

१. प्रकाश कण्डेल साउथ ईष्ट

२. दीवाकर पान्डे स्कटल्याण्ड

३. बालकृष्ण भुसाल नर्थवेष्ट

४. तारानाथ भण्डारी मिडल्याण्ड

५. केदार थपलिया साउथ ईष्ट

६. अर्जुन चापागाई नर्थवेष्ट

७. बिदुर खत्री स्कटल्याण्ड

८. केशरी क्षेत्री मिडल्याण्ड

९. जयाराम कंडेल मिडल्याण्ड

१०. बसन्त नेपाल नर्थवेष्ट

११. गंगा बहादुर क्षेत्री नर्थवेष्ट

१२. शक्ती घिमिरे साउथ ईष्ट

१३. शुदेशा बजगाइ साउथ ईष्ट

१४. श्याम लुईटेल साउथ ईष्ट

१५. टोप ब राउत (रुपेस) स्विडेन

१६. लेखनाथ खरेल साउथ ईष्ट

१७. मकुन्द खराल मिडल्याण्ड

१८. तिलक भट्टराई साउथ ईष्ट