लन्डन । नेपाली युथ असोसिएसन यूकेको आयोजनामा सेप्टेम्बर ३ शनिबार ग्रीनवीच मेला हुने भएको छ । लन्डन साउथ इष्टमा मनाइने उक्त मेलाको तयारीमा यहांका नेपाली जुटेका छन् ।
उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको क्रिकेट तथा फुटबल मैदानमा सञ्चालन हुने फेस्टिबलमा १० औं ग्रीनवीच कप प्रमुख आकर्षक हुने आयोजकको दाबी छ। 
एशोसिएसनका सभापति लक्ष्मन गुरुङ तथा उप-सभापति राजन खकुरेलले लन्डन नेपाल न्युजलाई बताए अनुसार
फेस्टिबलमा मुख्य आकर्षकको रुपमा नेपालका राष्ट्रिय लोक दोहोरी कलाकारको बेजोड प्रस्तुति, लाइभ म्यूजिक, विभिन्न किसिमका बाजा, खानाका स्टल, बालबालिकाका खेलजस्ता आकर्षणहरु समेत थपेर महोत्सवका रुपमा ग्रीनवीच कप व्यापक बनाउने तयारी गरिएको जानकारी दिए ।
प्रतियोगितामा १२ देखि १६ फुटबल टोलीको सहभागिता रहने छ । प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित नगद प्राप्त गर्नेछ ।
संस्थापक सभापति हयारी गुरुङले बेलायतमा ग्रीनवीच कपको छुटै पहिचान भएकाले सौहार्द्धपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गर्न सम्पूर्णमा अपिल गरेका छन् ।






