सिडनी । अष्ट्रेलियामा रहेका काँग्रेसीहरुको साझा संस्था नेपलिज अष्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ) को अध्यक्षमा भिष्म भण्डारी चयन भएका छन् ।
फोरमको हालै सम्पन्न अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा छवी सापकोटा,महासचिवमा प्रकाश हुमागाईँ,सचिवमा हरिकृष्ण अधिकारी,कोषाध्यक्षमा विकास सापकोटा चयन भएका छन् ।
त्यस्तै अधिवेशनले हरिभक्त अधिकारीलाई प्रवक्ता र प्रकाश खरेललाई पब्लिक अफिसरको जिम्मेवारी प्रदान गरेको छ । सदस्यहरुमा मधुकर गुरुङ्ग, सागर काफ्ले, प्रेम बहादुर महरा, विकाश कुमार झा, चोला कान्त कोइराला, गणेश खरेल ( एसीटि), प्रकाश अर्याल ( भिक्टोरिया ) प्रवेश पौडेल, जीवन शर्मा, पुरुषोत्तम अधिकारी, लोकेन बिष्ट र द्वारिका दवाडी रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका तर्फबाट महेन्द्र लम्सालले पद तथा गोपनियताको सपथ खुवाएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय स्तरका नेता तथा नेपाली काँग्रेस समर्थित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति उप-सभापति धनराज गुरूङ, सह-महामन्त्री बद्रि प्रसाद पाण्डे, वरिष्ठ नेता चन्द्र भण्डारी, केन्द्रिय सदस्य गुरूङ, प्रदेश १ कार्यसमिति सभापति उद्धब थापा लगायतले प्रवासमा रहेर पनि पार्टी प्रतिको माया र सदभाव रहेको भन्दै आभार व्यक्त गरे ।
उनीहरुले नवनिर्वाचित कार्यसमितिलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै संस्थालाई अझै धेरै सक्रिय बनाएर लैजान आग्रह समेत गरे ।






