नेपालमै पहिलो पटक ‘अति रुद्र महायज्ञ’ हुँदै

काठमाण्डौ । काठमाण्डौको पशुपति नाम मन्दिरमा नेपालमै पहिलो पटक अत्यन्तै दुर्लभ ‘अति रुद्र महायज्ञ अनुष्ठान’ हुने भएको छ ।

महायोगी शिद्धबाबा आध्यात्मिक प्रतिष्ठान तथा जगदगुरु श्री रामानन्दाचार्य सेवा पिठको आयोजनामा आगामी श्रावण २ गतेदेखि १० गतेसम्म पशुपतिनाथ मन्दिर प्रागंणमा अनुष्ठान हुनेछ । बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म महायज्ञ चल्नेछ ।

नेपाल लगायत समस्त जगतको सुख, शान्ति, ऐश्वर्य, समृद्धि साथै कल्याणार्थ (भगवद्भक्ति) ऐतिहासिक अभिषेकात्मक ’अतिरुद्र’ महायज्ञ -२०७९ आयोजना गरिएको बताईएको छ ।

सद्गुरुदेव अनंतश्रीविभूषित जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबाज्यू को सत्सङ्कल्प अनुरुप एक वर्षिय वेदान्तदर्शन (तत्वत्रय , अर्थपञ्चक ) ज्ञान अनुष्ठान समापनको उपलक्ष्यमा समस्त जगतको सुख, शान्ति, ऐश्वर्य, समृद्धि साथै कल्याणार्थ ( ऐतिहासिक अभिषेकात्मक ’अतिरुद्र’ महायज्ञ-२०७९ हुँदै छ ।

यसर्थ पनि महायज्ञमासबै सहभागी भई भगवान शंकरको कृपा प्राप्त गरि आत्माकल्याणको निमित्त भागवत भक्तिमा अगाडी बढ्न सेवा पिठ परिवारले सबैसगं अनुरोध समेत गरेको छ ।

महायज्ञमा सहभागी हुन अनलाईन मार्फत पनि निवेदन गर्न सकिने बताईएको छ । जसका लागि यो लिकंमा जानुहोस्

के छ यसको महत्व

मानब जिबन सामान्य जिबन होइन यो भगवानको बिसेष कृपाबाट आत्माकल्याणको निमित्त प्राप्त गरिने देवताहरुलाई पनि दुर्लव हुने जिबन हो। तसर्थ आत्मा कल्याण चाहाने ब्यक्तिले नित्यसन्तसत्पुरुषहरुको सानिध्यमा रहेर गुरु मुखी भई भगवद्भक्ति प्राप्ति गर्नुपर्दछ। साथै निरन्तर भगवद भक्ति प्राप्ति पूर्वक विहित कर्ममा लागिरहनुपर्दछ। भगवद्भक्ति प्राप्तिको यो दिव्य उपाय सर्वविदितैछ । भगवद्चरणारविन्दको प्रेमाभक्ति प्राप्त नगरेसम्म अन्य कुनै उपायबाट यो जीवात्मा सुखी हुन सक्दैन ।

भगवान श्रीरामले भक्ति प्राप्ति हेतु एक अत्यन्त गुप्त रहस्य, श्री शंकरजीको भजन विना मनुष्यले मेरो भक्ति पाउदैनन भनेर बताउनुभएको छ। तसर्थ सद्गुरुदेव अनंत श्री विभूषित जगद्गुरु श्री रामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्ध बाबा ज्यूको सत्सङ्कल्प अनुरुप एक वर्षिय वेदान्तदर्शन (तत्वत्रय , अर्थपञ्चक) ज्ञान अनुष्ठान समापनको उपलक्ष्यमा नेपाल लगायत समस्त जगतको सुख, शान्ति, ऐश्वर्य, समृद्धि साथै कल्याणार्थ (भगवद्भक्ति) ऐतिहासिक अभिषेकात्मक ‘अतिरुद्र’ महायज्ञ–२०७९, श्रावण २ गतेदेखि १०गतेसम्म (July 18-26, 2022) पशुपतिनाथमा हुनगईरहेकोछ। यो हामी नेपालीहरुको लागी अत्यन्तै गौरबको बिषय हो र यो नेपालमा पहिलो पटक हुन गईरहेकोछ। तसर्थय समहायज्ञमा यहाहरु सबै सहभागी हुनुभै भगवान शंकरको कृपा प्राप्त गरिआत्माकल्याणको निमित्त भागवत भक्तिमा अगाडी बढ्नु हुन बिशेष अनुरोध गर्दछौ।

हामी हरेक प्राणी ईश्वरको अंश हौ।आफ्नो कर्मबन्धनको कारण एकपछिअर्को गर्दै, लुगा फेरे जस्तै विभिन्न शरीर फेरेर चौरासी लाख जुनीको चक्करमा अनन्तकाल देखि यस धर्तीमा घुमीरहेका छौ। हामी भित्ररहेको अविनाशी जीवात्मा समस्त प्रकारको दोष रहित आनन्दमय सुखरासी हुँदा हुँदै पनि मोह भ्रमको कारण त्रितापजन्य अथाहा दुःख सागरमा दिनरात डुबिरहेकोछौ। बल्ल अहिले आएर अकारण करुणा बरुणालय परब्रह्मपरमात्माले बिशेष कृपास्वरुप हामीलाई यसघोर दुःख सागरबाट पार हुन विवेकयुक्त कर्म प्रधान मनुष्य शरीर प्रदानगर्नुभएकोछ।

तर हामीले आफ्नो कर्म रहस्य नजान्नाले आफ्नै कर्मबाट सुख वा दुःखको भागी बन्न बाध्यभ ईरहेका छौ। तसर्थ दुःख निवृत्ति पूर्वक अखण्ड सुखमय परमानन्द प्राप्ति गर्नकोलागि हामीलाइ शास्त्र विहितक र्मद्वारा पुरुषार्थ चतुष्ठय (अर्थ, धर्मकाम, मोक्ष) सिद्धिको विधान भएको छ। आत्मकल्याण चाहनेवाला हरेक विवेकवान ब्येक्तिले भगवद भक्ति प्राप्ति जन्य कर्म उपायमा निरन्तर लागिर हनुपर्दछ।जस्तै दया, प्रेम, समभावयुक्त भैईश्वरमादृढ आस्था र बिश्वासहुनुपर्दछ।तरगुरुको आसिर्बाद र कृपा बिना यो सम्भबन हुने रहेछ। यसको लागि श्रो त्रियब्रह्म निष्ठगुरु प्राप्त गरि गुरुमादृढ आस्थार बिस्वास राख्दै वहांको निर्देशनमा अगाडी बढ्नुपर्दछ ।

गुरुब्रम्हा ,बिष्णु ,महेश्वर सबै रुपमा मात्र नभएर , गुरु परब्रम्हाको साक्षात स्वरुप हुनुहुन्छ। बिना गुरु हामी केहि गर्न सक्तैनौ। मानवलाई आफ्नो धर्म र कर्तब्य सिकाउ दैउसलाई सहि किसिमले बाच्न र सत्कर्म गर्न निर्देशन दिन गुरु तत्व हरदम प्रयत्नरत हुने रहेछ। जुन गुरुतत्व भगवानको श्रीपेच भन्दा माथि रहेको र जीवसंग अभिन्न सम्बन्ध राख्ने हुने रहेछ। हामीले बाल्यकाल देखि जे जति गर्दै गईन्छ, त्यो सबै गुरुतत्वले नै निर्देशित गर्ने रहेछ । गुरुतत्वले विभिन्न तरिकाले संकेत दिने र कुनै पनि संकेत नबुझेर सारै अप्ठ्यारो अबस्थामा पुग्न थालेपछि हामीलाई सम्झाउन बुझाउन बाटो देखाउनकोलागि हाम्रो जस्तै शरीर गरेको, हामी जस्तै बोल्ने मानबको रुपमा गुरु पठाईदिनुहुनेरहेछ भगवानले।

तसर्थ गुरुलाई साक्षात पर ब्रम्हा भनिएको हो । गुरुमा पनि भगवानलाई साक्षात्कार गरेको, योगको उच्चतम अबस्था समाधिसिद्ध भएको, मन बचन र कर्मले भगवानको भक्तिमा समर्पित गुरु भने धर्तीमा बिरलै भेट्टीने रहेछ। शौभाग्यबस अहिले भगवानको असिम कृपाको फल स्वरुप यस्ता गुरु हाम्रो धर्तीमा पाइएको छ ,जगत गुरु महायोगी सिद्धबाबा। तरफेरी यस्तो गुरुलाई प्राप्त गर्न, चिन्न पनि भगवानको कृपा चाहिने रहेछ । उक्त कृपा हामी सबैलाई प्राप्त होस्भनि भगवान सँग प्रार्थना गर्दछौ।

जगत गुरु महायोगी सिद्धबाबाले रात, दिन, भोक, प्यास, निन्द्रा केहि नभनी निरन्तरताका साथ हामी जस्ता पथ-भ्रष्ट, अन्धा, अज्ञानी, अहंकारी जीवहरुलाई आफुले जीबन भर मेहनत गरि आर्जिएको योग बल र तपस्या अर्पण गरेर बिस्तारै बिस्तारै सम्झाउदै बुझाउँदै कृपा बर्साउदै विभिन्न यज्ञ अनुष्ठान गर्दै हामीलाई आत्मकल्याण मार्गमा डोर्याउदै हुनुहुन्छ । यही क्रममा हाल वहाँले अत्यन्तै कठिन अति रुद्र महायज्ञ अनुष्ठानको सतसंकल्प गर्नुभएको हो।

यसभन्दा अगाडी पनि उहाँले आफ्ना समस्त भक्त ,देश र देशबासीको कल्याण र साथै विश्वको खस्कंदै गएको पर्यावरणलाइ लक्षित गर्दै २०१९ सालमा विश्वमानै दोस्रो पटक अत्यन्तै ठुलो र महत्वपूर्ण श्रीरामतारक ब्रम्हमहायज्ञ गरिबक्सेको थियो । यसको दिव्यतार भब्यताको मुल्यांकन गरि वहालाई त्यहाँ आमन्त्रित ठुला ठुला सन्तहरुले बिशेषकदर स्वरुप जगत गुरुपदले सम्मानित गरिबक्स्यो । यस यज्ञबाट हामी सबैले प्रत्यक्ष वा परोक्ष रुपमा थुप्रै लाभ उठाएका छौ ।

अनि फेरी वहाँले बिगत केहि वर्ष देखिँ विश्वमा निकै ठुलो संकट खडा गरेको कोरोनाको लडाईको लागि ठुलो योगदान पुर्याईबक्सेको थियो । उक्त कोरोना कहरले विश्वका ठुला र शक्तिशाली देशहरुले समेत ठुलो जनधनको क्षति बेहोर्नुपरिरहेको अबस्थामा उहाँले सम्पूर्ण नेपालीहरुलाई अनुनय बिनय गर्दै आफ्नै खर्च र परिश्रममा १५ दिनको ठूलो अनुष्ठानको आयोजना गरि घर-घरभित्र थुनिएर बसेका समस्त नेपालीलाइ एकाबिहानै देखि संखनाद गर्दै बिउझाएर अत्यन्तै समय सापेक्ष जिबनोपयोगी ज्ञान तथा शिप सहित कृपा प्रदान गरिबक्स्यो । जसले गर्दा आफ़्न्नै वरिपरि रहेका घरेलु स्रोत र साधनको प्रयोग गरि ,बिशेष योग र प्राणायामद्वारा कोरोनाको भयङ्कर आक्रमणबाट नेपालर धेरै नेपालीले ठुलो लाभ प्राप्त गर्नुभयो । जुन ज्ञान र सिप कालान्तरकोलागि पनि जिबनोपयोगी हुनेछ।

अहिले पनि विश्वमा नै ठुला ठुला संकटहरु देखापरिरहेका छन् । अज्ञानताको कारण व्यक्ति आफु भित्र ठूलो लडाई लडीरहेकोछ । घरघरमा लडाई चलेको छ । समाज समाजमा अनि राष्ट्रराष्ट्रमा लडाई चलिरहेको छ। हुँदाहुँदा पुरै विश्वमा नै लडाईको सम्भाबना देखि न्थालेको छ। संसारका सिर्सस्त नेताहरु यिनै अज्ञानताको कारण बिकाश तिर हैन बिनाश तिर उन्मुख हुँदै गइरहेका छन् । तसर्थ विश्वकल्याणकारी भावनाले अभिप्रेरित महायोगी सिद्धबाबाले देश विदेश भरि छरिएर बसेका धेरै नेपालीहरुलाई जम्मा पारि येकट्ठापारेर दुर शिक्षाको प्रवृधि अपनाई बिज्ञान, कृषि, स्वास्थ्य, वाताबरण, धर्म संस्कृति सम्बन्धित अत्यन्तै गहन वेदान्त दर्शन (तत्वत्रय , अर्थपञ्चक)को शिक्षा ,दिक्षा दिंदै आइबक्सेको छ । जुन सम्पूर्ण धर्मग्रन्थलाई आधार बनाइ, सम्पूर्ण दर्शन र शिद्धान्तलाइ केलाएर तयार पारिएको सर्ब-दर्शन समन्वय बिशिष्टाद्वेत शिद्धान्त अन्तर्गत अत्यन्तै समय सापेक्ष र महत्वपुर्ण रहेको छ। र यही बेदान्त दर्शन समापनको अवसर पारेर यो अति बिशिष्ट अति रुद्र महायज्ञको सत्संकल्प गर्नुभएको छ।

अति रुद्र महायज्ञ भनेको के हो त ?

रुपकयाषडङ्गपाठ: भगवान शिवको विशेष महिमा तथा वाहाँको कृपा शक्ति वर्णित दश अध्यायको एक सामान्य आवृत्तिलाई रुपक याषडङ्ग पाठ भनिन्छ। रुद्राध्यायको एघार आवृत्ति पाठलाई रुद्री अथवा एकादशिनी भनिन्छ । एकादशिनी रुद्रको ११ आवृत्तिलाई (१२१पाठ) एघार ब्राह्मणद्वारा एकै दिनमा वा एक ब्राह्मणद्वारा ११ दिन सम्मएका दशिनी पाठ गरिनुलाई लघु रुद्र भनिन्छ । लघुरुद्रको ११ आवृत्ति अर्थात् एकादशिनी रुद्रको १२१ आवृत्ति पाठ ११ ब्राह्मणद्वारा ११ दिनमा वा १२१ आवृत्तिका लागि ब्राह्मण संख्या पुर्याएर एकै दिनमा गरिने १३३१ आवृत्ति पाठ गरिनुलाई महारुद्र भनिन्छ। र यही एघार लघु रुद्र बराबर एक महारुद्र र एघार महारुद्र बराबर एक अति रुद्र हुन्छ। महारुद्रको ११ आवृत्ति अर्थात् एकादशिनी रुद्रको १४६४१ आवृत्त पाठ गर्दा अति रुद्र हुन्छ । यसरी रुद्र पूजन गर्दा याजकको फल कामना अनुरुप जल, दूध, पञ्चामृत, आम्ररस, इक्षुरस, नारिकेलरस, गङ्गाजल, आदिबाट अभिषेक गरि रुद्र पुजा गरिन्छ।

रुद्र पूजन किन गरिन्छ ?

यस सन्दर्भमा थुप्रै कारणहरु छन् । ति मद्धे: (क) वेदःशिवःशिवोवेदःअर्थात्वेद शिव हुन्र शिव नै वेद हुन् । अर्था त्शिव वेद स्वरुप हुनुहुन्छ । अतः वेदविहित यज्ञ पुरुष स्वयम्भू रुद्र नै भएका र, वेद चाँहि नारायणको साक्षात स्वरुप भएकोले (वेदोनारायणः साक्षा त्स्वयम्भू रिति शुश्रुम ) वेद मन्त्र द्वाराती यज्ञ पुरुषको उपासनाका लागि शिवजीको पूजन, अभिषेक, यज्ञ, जप आदि गरिन्छ।, ख) श्री रामको प्रसन्नताको लागि रुद्र पूजन गरिन्छ। (ग) मनुष्यको मन विषय लोलुप भएर अधो गति नहोस्, उसका चित्त वृत्ति स्वच्छ भएर प्रवृत्ति मार्गबाट निवृत्ति मार्गमा जान सकोस्भन्ने अभिलाषा पूर्तिका लागि रुद्र पूजन गरिन्छ। (घ) लोकमा भगवद भक्ति, शान्ति, पुत्र–पौत्रादि, धन–

धान्य एवं सुन्दर स्वास्थ प्राप्त होस र पर लोक मास द्गति र परम पद (मोक्ष) प्राप्त होस्भनि लौकिक –पारलौकिक कल्याणका लागि रुद्र पूजन गरिन्छ । ङ) कुल परम्परालाई आनन्द प्रदान गर्न पनि रुद्र पूजन गरिन्छ।

आफ्ना गुरु देवद्वारा संकल्पित यस ऎतिहासिक कार्यद्वारा हामी देश तथा बिदेशमा छरिएर बसेका उहाँका सम्पूर्ण भक्तहरु अत्यन्तै हर्षित र आफ्ना गुरु देव प्रति गौरवान्वित्भएका छौ र गुरु देव प्रति हृदय देखिँनै हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छौ । हामी जोजो जहा जहा भएपनि संसार भरबाट उक्त यज्ञमा सहभागिता जनाउन प्रयत्नरत छौ।

यस दिब्य अनुष्ठानको दर्शन मात्र तथा प्रशाद ग्रहण गर्दा मात्र पनि मानिसले ठूलो कृपा प्राप्त गर्दछ । यसमा गरिने शारीरिक, मानसिक ,भौतिक कुनै पनि किसिमको सेवाको फल अतुलनिय रहन जानेछ। यस अनुष्ठानमा महायोगी सिद्धबाबाले केवल आफ्नो अनुयायीलाइ मात्र नभई सम्पूर्ण आस्तिक भक्तजनहरुलाई समान किसिमले सम्मिलित हुनसक्ने अवसर प्रदान गरिबक्सेको छ ।

साथै यज्ञ मण्डपमा नै शारीरिक रुपले उपस्थित हुन नसक्नु हुने महानुभाबहरुको लागि दुरबाट पनि सहभागिता जनाउन सक्ने ब्यबस्था गरिएको छ । साथै यहाँहरु सबैलाई दुर-दर्सनबाट पनि कल्याण प्राप्त होस्भनियो कार्यक्रमको विभिन्न टिभी च्यानलबाट पनि प्रत्यक्ष प्रसारण गरिने भएको छ । जगद गुरु महायोगी सिद्धबाबाले सबै जनालाईआ-आफ्नो अनुकुलता अनुसार यस कार्यक्रमा सहभागी हुन, प्रसाद ग्रहण गरिदिनुहुन बिसेष अनुरोध गरिबक्सेको छ। तसर्थ यहाहरु सबैले यस अनुष्ठानको यथासम्भब प्रसस्त लाभ उठाउनुहोला र साथै यस अनुष्ठानलाइ दिब्य र भव्यताका साथ सम्पन्न गर्नलाई यहाहरु सबैले आ-आफ्नो क्षेत्रबाट आफुले सकिने प्रयत्न गरिदिनुहोला भनि बिशेस अनुरोध गर्दछौ।

अन्तराष्ट्रिय महायोग साधना परिवार