लिफ्ट मागेर जिप चढेका व्यक्तिबाटै लुटपाट, जिप लिएर फरार

कैलाली । जिपमा लिफ्ट मागेका तीन जना भारतीय नागरिकले हातखुट्टा बाधेर को जिप लिएर फरार भएका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत लोकेन्द्रसिंह भण्डारी राजमार्ग देखि करिब १०० मिटर तर भिरमा हातखुट्टा बाधेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार दिउँसो करिब १ बजेतिर गोदावरी नगरपालिका ४ भिमदत्त राजमार्गको गाइमारेमा हातखुट्टा बाधेको अवस्थामा भण्डारी फेला परेका हुन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रबिन्द्रराज पाण्डेयले भण्डारीसँग कञ्चनपुरको महेन्द्रनगर देखि ३ जना भारतीय मुलका नागरिकले खानीडाडासम्म जाने भन्दै लिफ्ट मागेर प्रदेश ०१ – २३ च ६०२१ नम्बरको जिपमा चढेको बताए ।

जीप गाइमारे पुगेपछि भण्डारीलाई जीप रोक्न लगाई प्लास्टिकले हातखुट्टा र मुखमा बाधेर भण्डारीलाई सडक देखि तल पुर्‍याएर जीप लिएर फरार भएको भण्डारीले बताएको डिएसपी पाण्डेयले बताए ।

भण्डारीको टाउकोमा चोट लागेको र उनीसँग भएको मोबाइल, पर्स र नगद ५ हजार रुपैयाँ समेट लुटेको प्रहरीले जनाएको छ । प्रहरीले जिपसहित फरारको खोजी भैरहेको बताएको छ ।