नवलपुर समाज यूकेको ३१ जुलाईमा हुने,समर म्युजिक बीबीक्यूको यस्तो छ तयारी !

शिब भण्डारी

लण्डन । नवलपुर जिल्ला समाज युकेले बिबिक्यू तथा समर भेटघाट कार्यक्रम गर्ने भएको छ । समाजका सयोंजक प्रकाश कडेंलका अनुसार समाजले विभिन्न मनोरञ्जनात्मक तथा खानपान कार्यक्रम सहितको कार्यक्रम आयोजना गरेको छ। ऊलविचमा ३१ जुलाई आईतबार १२ बजे देखी ८ बजे सम्म कार्यक्रम हुने उनले जानकारी दिए ।

कार्यक्रम गर्नुको उद्धेश्य केहो त भन्ने लण्डन नेपाल न्यूजको प्रश्नमा कार्यक्रम सयोंजक प्रकाश कडेंलले बेलायतमा रहेका नवलपुरेहरुलाई एकैठाउँमा भेला गराई विभिन्न सुख दुख साटासाट गर्ने,नाचगान एवम् रमाईलो गर्ने र देश विदेशमा रहेका सम्पूणर्लाई एकताबद्ध भएर अगाडी बढ्ने सन्देश समेत दिएको बताए ।

नवलपुर समाज युकेले बेलायतमा रहेका नेपालीहरुलाई एकैठाउँ भेला गरेर विशेष कार्यक्रम गर्ने तैयारी गरिरहेको समाजका अध्यक्ष महेश देवकोटाले बताए । कार्यक्रम अवधिभर नेपालका चर्चित कलाकारहरुको सागींतिक प्रस्तुती सगैं बिबिक्यू तथा स्वादिष्ट खाना, नवलपुरे बाबु नानीहरुको बिशेष नृत्य प्रतियोगिता समेत सञ्चालन हुने उनले बताए।

नवलपुर जिल्ला स्थायी घर भई हाल बेलायतमा रहेका नेपालीहरुको साझा संस्था नवलपुर जिल्ला समाज युके २०१८ सालमा स्थापना भएको हो । संस्थाले गृह जिल्ला लगायत देशका विभिन्न स्थानमा हुने विभिन्न विपत्ति र सकंटमा सहयोग गर्दै आईरहेको छ ।

Programme Venue  Date /Time :-

St. George’s Garrison Church Woolwich

31st July Sunday / 12 pm To 8pm Programme

Venue Address  Post Code :-  SE18 6BW-London