एनबीसी यूकेको नयाँ वर्ष महोत्सवमाआउँदैछन: गायिका मिलन नेवार र राजनराज सिवकोटी

शिब भण्डारी

लण्डन । बेलायतस्थित नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी ) यूकेले नेपाली नयाँ वर्ष २०७६ को स्वागतमा भव्य कार्यक्रम गर्ने भएको छ । वर्षेनि नयाँ वर्ष स्वागत गर्दै आएको एनबीसी यूकेले आगामी अप्रिल १२ तारिख शुक्रवार उल्लासका साथ नयाँ वर्ष महोत्सव मनाउने भब्य तयारी रहेको एनबिसीका अध्यक्ष मिलन घिमिरेले लण्डन नेपाल न्यूज़ डट कम लाई बताए ।

साउथ ह्यारो स्थित ‘ ह्यारो  फूटबल क्लबमा’ आयोजना हुने कार्यक्रममा प्रमुख आकर्षण रहनेछन्  राष्ट्रिय स्तरका चर्चित कलाकारहरु एबम नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा पृथक पहिचान बनाउन सफल गायिका मिलन नेवार र कयौं हिट गीत दिइसकेका गायक राजनराज शिवाकोटी ।

गायिका मिलन नेवार र गायक राजनराज सिवकोटी

मिलनका जहिलेसम्म संसारमा…., बट स्लोली स्लोली, गाला रातै लगायतका गीत चर्चित छन् भने सिवाकोटीका कुटुमा कुटु, सुर्के थैली, पूर्वपश्चिम रेल, गोजीमा दाम छैन गीतले नाम कमाएका छन् ।

नेपाली नयाँ वर्ष २०७६ को स्वागतमा मनोरन्जन गर्दै एक आपसमा शुभकामनाआदान प्रदान गर्न हजुरहरूको गरिमामय उपस्थितीको लागी हामी हार्दिक अनुरोध सहित सादर निमन्त्रणा गर्दछौ।उक्त दिन हजुरहरू संग नयॉ वर्षको शुभकामना आदान-प्रदान गर्ने अपेक्षा राख्दछौ।

मिती-१२अप्रिल २०१९
शुक्रवार
समय- १८ बजे
स्थान – ह्यारो फूटवल क्लव
प्रवेश शुल्क- £२० वयस्क
£१०(६-१०) वर्षका वच्चा
निशुल्क- ५वर्ष तलका वच्चा।

हार्दिक शुभेक्षा सहित
मिलन घिमिरे
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *