बेलायतमा १२ औं भिसी कपमा पन्चेबाजा बजाउदै यसरी गरियो (फोटो /भिडियो)

शिब भण्डारी

लन्डन । गोर्खा नेप्लिज कम्युनिटी लन्डन वरो अफ हन्स्लोले १२ औं भिसी कप सम्पन्न गरेको छ।

गोर्खा नेप्लिज कम्युनिटी हंस्लोको आयोजनामा भिक्टोरिया क्रसबाट विभूषित १३ जना गोर्खालीहरुको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष आयोजना गर्दै आएको कार्यक्रम यस वर्ष शनिवार लण्डनको हन्स्लो स्थित ग्रीनलेन स्पोर्ट फुटवल मैदानमा भब्य रुपले सम्पन्न गरेको हो ।

कार्यक्रममा बेलायती महारानी एलिजावेथ द्वितीयाले राजगद्धी सम्हालेको ७० औँ वर्षगांठको अबसरमा ‘प्लेटिनम जुब्ली’ एक बिशेस कार्यक्रम सहित केक काटिएको थियो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्य प्रमुख अतिथि रहेको कार्यक्रममको अध्यक्षता संस्थाका अध्यक्ष डोल मल्लले गरेका थिए भने कार्यक्रम सञ्चालन सस्थाका माहासचिब धन बहादुर सार्कीले गरेका थिए । संस्थाका सल्लाहकार मन थापाले दोश्रो चरणको कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत महामहीम आचार्यले १३ जना भिक्टोरिया क्रस नेपालीहरुले गोरखाको विरता विश्वमाझ पुर्याएको बताए । उनीहरुको योगदानको कदर सदैव ईतिहासले गरिरहने समेत उनको भनाई थियो । उनले महारानीको राज्यरोहणको ७० वर्ष, भिसी रिमेम्बरेन्स डे र फुटबल प्रतियोगिता एकैपटक गरेर बेलायत नेपाल सम्बन्ध अझ मजवुत बनाउन विशेष भूमिका खेलेको बताउंदै आयोजकलाई  आभार  व्यक्त गरे ।

कार्यक्रममा लन्डन बरो अफ हन्स्लोका डेपुटी मेयर अदेश फर्माहन,दूतावासका द्धितिय सचिव रामबाबु नेपाल,गोर्खा मेजर राजेश गुरुङ,लन्डनको हन्स्लो बरोका ५६ औं पूर्व मेयर बिष्णुबहादुर गुरुङ भिसी गजे घलेका सुपुत्र डम्मर घले,ग्रेटर रसमोर नेपलिज कम्युनिटीका खेलकुद सचिव कुमार गुरुङ,  गोर्खाली समाज यूकेका अध्यक्ष अशोक ढकाल, ब्रिटिश नेपलिज कम्युनिटी यूकेका संयोजक राजेन्द्र ओझा लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो।कार्यक्रममा पाइपर र धौलागिरी नौमती बाजा बजाइएको थियो ।कार्यक्रममा दिवगंत आत्माहरुको चीर शान्तिको कामना गर्दै २ मिनेट मौनधारण पनि गरियो ।

१२ औं गोर्खा भिसी कपको उपाधि ब्रिगेड ब्वाइज क्लव (बीबीसी) ले जितेको छ । हन्स्लो स्पोर्टस क्लवमा २० टिमबीच भएको ९ ए साइड फुटबल प्रतियोगितामा बीबीसीले मेनतर्फ प्रथम उपाधि जितेको हो ।

उसले एकहजार पाउण्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।  मेनतर्फ टिडब्लु स्टार रनरअप भएको छ ।त्यसैगरि, भेट्रानतर्फ पनि बीबीसी टिम विजयी भएको छ भने धरान ११ रनरअप भयो । फुटबल अन्डर–१६, भेटरान र मेन टिम गरी ३ प्रकारका टिम रहेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष डोल मल्लले १२ ओँ भिसी कपमा सहयोग गर्ने संस्थाका पदाधिकारी,प्रायोजनकर्ता तथा उपस्थित खेलाडी एवम् दर्शक सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Sponsors:

Triving Community Fund £1,000 PEEPAL Morgage £500 Dr Tula Tulasi Charity £300 Gurkha Store Feltham £121 Chairman Dol Malla £146.11 HGNC Hillingdon £100 Mr Ashok K Rai £50 S & T Coffee £30 Mr Dyo Kumar Rai £30 Councillor Team Hounslow £30 Mrs Sumtra Rana £20 Mrs Tomi Gurbuja £20 Mrs Ganga Gurung £20 Mr Hum bdr Gurung £20 Mr Dhan Psd Rai £20 Mr Man B Gurung £20


भिडियो हेर्नुस —