बेलायतको साउथ ह्यारोमा उत्कृष्ट सेवा र नेपाली स्वादमा नयाँ व्यवस्थापनका साथ हाम्रो चौतारीले सुरु गर्र्यो सामुदायिक भेटघाट देखि“लाईभ म्यूजिक डिनर एण्ड डान्स”सम्म

लण्डन । लामो समयदेखि बेलायतको साउथ ह्यारोमा अवस्थित हाम्रो चौतारी रेष्टुरेण्ट नयाँ व्यवस्थापन र उत्कृष्ट सेवा सहित ग्राहकहरु समक्ष आउने भएको छ । नेपाली स्वाद पारखीहरुका लागि निकै नै चर्चित बनेको रेष्टुरेण्टले अब पुनः विभिन्न सेवाहरु थप गर्दै अझै उत्कृष्ट व्यवस्थापनका साथ सञ्चालन हुन लागेको हो।

नेपालकै स्वाद चाख्न नेपालीहरु निकै नै भिड्न लाग्ने उक्त रेष्टुरेण्टलाई ग्राहकहरुको आवश्यकता र मागलाई मध्येनजर गरेर थप सेवा सुरु गर्न लागिएको व्यवस्थापक सुवर्ण पाँडेले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

रेष्टुरेण्टले आगामी जुन १७ तारिख आईतबारबाट नियमित रुपमा रेष्टुरेण्टबाट प्रदान हुने सेवालाई परिस्कृत गर्दै प्रत्येक महिनाको आईतबार २० /२५ आईटमका साथ बफे लगाउने तैयारी गरेको छ ।आईतबार बफे भएकाले १२ बजेदेखि ९ बजेसम्म भने नियमित सञ्चालन हुने छ ।

त्यस्तै बिहान ८ बजे देखि १२ बजेसम्म ब्रेकफास्ट सञ्चालन गर्ने १२ देखि २: ३० बजेसम्म लन्च गर्ने र पुनः ५ बजेपछि ११ बजेसम्म डिनर सञ्चालन हुने पाँडेले बताए ।

चौतारीको ब्रेकफास्टमा सेलरोटी,आलुचना, पुरी, तरकारी परौठा मसला चिया र कफी,अण्डा अमलेट लगायतका परिकार छन् भने खानामा नेपाली थाली र अन्य विभिन्न परिकारहरु छन् ।

पाँडेका अनुसार चौतारीमा महिनाको अन्तिममा सामुदायिक भेटघाट कार्यक्रम समेत राखिनेछ । हरेक जिल्लाका कार्यक्रमहरु राख्दा आफुले सक्दो छुट गर्ने समेत उनको भनाई छ ।

जिल्ला स्तरीय कार्यक्रमबाट सकंलन भएको मध्ये केही रकम सोही जिल्लाको शिक्षा,स्वास्थ्य क्षेत्र लगायत सामाजिक क्षेत्रमा सहयोग गर्ने समेत आफ्नो योजना रहेको पाँडेले सुनाए ।

हरेक महिनाको १ दिन नेपाली कलाकारहरुका साथमा “लाईभ म्यूजिक डिनर एण्ड डान्स” गराउने र नेपाली कला संस्कृतिसगं साक्षात्कार गर्ने अवसर समेत प्रदान गर्ने आफ्नो तैयारी रहेको पाण्डेले हामीसगंको कुराकानीमा बताए । उनका अनुसार विभिन्न समयमा कम्युनिटी डिस्काउन्ट र स्टुडेन्ट डिस्काउन्ट समेत गरिने छ ।

नेपालीहरुको चाप बढ्दै जान थालेपछि थप सुविधालाई मध्येनजर गरेर र हाम्रो चौतारीमा पाल्ने सम्पूर्ण ग्राहकहरुलाई अझै थप सेवा दिन नयाँ जोस र जाँगरका साथ सेवा परिस्कृत गरिएको उनको भनाई छ ।

चौतारी सम्झेर आउने ग्राहकलाई तपाईको सुझाव के रहन्छ ? भन्ने लण्डन न्यूज नेपालको प्रश्नमा उनी भन्छन, “हामीले दिने खाना एकदमै अर्गानिक छ । अझै भनौँ नेपालमै बसेर खाना खाएजस्तै गरी नेपाली स्वाद सहित टिपिकल नेपाली थाली, थकाली र बाजेको सेकुवाकै परिकारमा नेपालमै रहेर खाएको अनुभुति दिलाउने कोसिस रहेको छ । यसकारण पनि एकपटक चौतारीमा आउनैपर्छ” आफ्ना लागि ग्राहकहरुको सन्तुष्टी नै सबै भन्दा महत्वपूणर् कुरा रहेको उनले बताए ।

उक्त रेष्टुरेण्टमा जाने जो कोहीले प्रशंसा नै गरेर फर्किने गरेका छन् । ग्राहकहरुकै चाहाना र रोजाईका कारण हाम्रो चौतारी यो स्थानसम्म आईपुगेको भन्दै पाँडेले आगामी दिनमा ग्राहकहरुलाई अझै उत्कृष्ट सेवा र स्वाद पस्किन आफु तत्पर रहने बताए । चौतारीको वरिपरी पार्किङकोे सुविधा भएकाले निर्धकसगं आएर खानपिनका साथ मनोरञ्जन लिन सकिने उनको भनाई छ ।