यस्तो देखियो लण्डन चार्ल्टनमा रेशम निर्दोष र अनुपा मगरको लाईभ दोहोरी को को भए त सम्मानित ?

लण्डन । साउथ ईष्ट लण्डनको चार्ल्टनमा गत आईतबार लोकदोहोरी धमाका भएको छ । सनराईज ईन्टरटेनमेन्टको आयोजनामा नेपालबाट आएका चर्चित कलाकारको प्रस्तुतिमा लोकदोहोरी धमाका सम्पन्न भएको हो ।

चार्ल्टनस्थित मेरिडियन स्पोर्ट्स एण्ड सोसल क्लबमा भएको कार्यक्रममा चर्चित लोकदोहोरी गायक रेशम निर्दोष र गायिका अनुपा मगरले प्रस्तुति गरेका थिए । कार्यकमको संचालन मञ्जु भण्डारीले गरेकी थिइन्।

कार्यक्रममा सनराईज इन्टरटेनमेन्टका तर्फबाट प्रकाश कण्डेलले बेलायतको रोयल बरो अफ ग्रीनवीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट पहिलो नेपाली काउन्सिलर बिजयी भएका जीत रानाभाटलाई सम्मान गरेका थिए।

साथै गत हप्ता मात्रै निर्विरोध निर्वाचित हुनुभएका गुल्मी समाज यूकेका साउथ ईष्ट लण्डनबासी पदाधिकारीहरु उपाध्यक्ष द्वय मञ्जु भण्डारी र तारा भट्टराई , सह-सचिव महलाल घिमिरे(मोहन) ,प्रवक्ता राधा खरेल , सदस्य द्वय राम पाण्डे र माया के.सी लाई सम्मान गरिएको थियो।

त्यसै अवसर पारेर काउन्सिलर जित रानाभाट तथा गुल्मी समाजका साउथ ईष्टबासी पदाधिकारीहरुलाई चार्ल्टन नेपाली समाजकी अध्यक्ष रेखा खरेल लगायत सम्पुर्ण कार्यसमितीले सम्मान गरेका थिए।

कार्यक्रममा पशुपतिनाथ मन्दिरका मूल पूजारी ज्योतिष पण्डित निलहरी घिमिरे एबम बुद्ध फाउन्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठले बत्ति बालेर कार्यक्रमको सुभारम्भ गरिएको थियो ।