बागलुङ समाज युकेको अध्यक्षमा धन बुढाथोकी,अरु पदाधिकारीमा को–को भए निर्वाचित ?

लण्डन । बागलुङ स्थायी घर भई हाल बेलायतमा रहेकाहरुको सगंठित संस्था बागलुङ समाज युकेको अध्यक्षमा धन बुढाथोकी चयन भएका छन् । समाजको छैठौँ अधिवेशनले बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा खड्का थापा, उपाध्यक्षमा मित्र थापा र रुद्र छन्त्याल,महासचिवमा शेर पुन,सह-सचिवमा अशोक बुढाथोकी,कोषाध्यक्षमा हिरा पुन र सह-कोषाध्यक्षमा जंग पुन सर्वसम्मत चयन भएका छन् । त्यस्तै महिला प्रतिनिधिमा प्रेरणा खड्का,सह-महिला प्रतिनिधिमा गोमा रिजाल ,सांस्कृतिक सचिवमा कृष्ण रोका र सह- सचिबमा शिब पुन, मिडिया सविचमा बिसन थापा,सह-मिडिया सचिवमा याम श्रेष्ठ,वेव मास्टरमा नन्दलाल पुन, नौमती प्रतिनिधिमा भिम थापा र सह-नौमती प्रतिनिधिमा तिर्थ शाही चयन भएका छन् ।

अधिवेशनमा निवर्तमान अध्यक्ष छबी माया पुनले आफ्नो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै नवगठित समितिलाई सफलताकोे शुभकामना व्यक्त गरिन् । उनले समाजले कोरोना महामारीकाबीच पनि थुप्रै सामाजिक कार्यहरु गर्न सफल भएको बताईन् ।

उनले गृह जिल्ला लगायत नेपालका विभिन्न ठाउँमा रहेका गरिब दुखी पीडित, आर्थिक अभावमा उपचार नपाएकाहरुलाई सहयोग देखि बाढी पहिरो भुकम्प लगायतका अन्य विभिन्न दैविक प्रकोपहरुमा समाजको सक्रियतामा संकलित रकम ५१ हजार ३९१ सय पौड ,६७ पेन्स बराबरको सहयोग उपलब्ध गराइएको जानकारी दिईन् ।

कार्यक्रममा नवगठित समितिका अध्यक्ष धन बुढाथोकीले आफुलाई अध्यक्षको जिम्मेवारी सुम्पिने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै समाजलाई विगतका दिनमा भन्दा अझै सशक्त रुपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।