ताप्लेजुङ । ताप्लेजुङमा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । सदरमुकाम फुङलिङस्थित कोप्चेमा भएको आगलागीमा परी घाइते ६७ वर्षीय चुलिमाया लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो ।
कोप्चेमा डेरा गरी बस्दै आएकी उनलाई घरभित्रको ग्यास फड्किएर लागेको थियो । आगलागीबाट जलेर एउटा घर पूणर् र अर्को एक घर आशिंक रुपमा क्षति भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए ।
बिहान कोप्चे बजारमा रहेको एक मासु पसल नजिकैको घरबाट अचानक आगलागी सुरु भएको र दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको पोखरेलले बताए ।
आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका थिए । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको थियो । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा थिए ।
गर्मी र सुख्खायाम सुरु भएसगैं आगलागीका घटना हुन थालेका छन् ।






