अस्ट्रेलियामा फेरी नेपाली विद्यार्थीको मृत्यु : शव नेपाल पठाउन सहयोग सकंलन गरिँदै

सिड्नी । अस्ट्रेलियामा अध्ययनका लागि आएका एक नेपाली विद्यार्थी मृत अवस्थामा फेला परेका छन् ।

काठमाण्डौको गल्फुटार स्थायी घर भई हाल अर्वनमा बस्दै आएका सुजन बस्नेत आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनी ६ हप्ता अगाडी मात्रै उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका थिए । तर कलेज समेत जान नपाई उनी मृत फेला परेको एनआरएनए न्यु साउथ वेल्सका संयोजक देव गुरुङले जानकारी दिए ।

जनवरी १७ मा उच्च शिक्षा अध्ययनको लागि नेपालबाट अस्ट्रेलिया आएका सुजनको शव अनुसन्धानकालागि प्रहरीले लिडकमस्थित शवगृहमा राखेको छ । उनको शवलाई नेपाल पठाउनका लागि सहयोग सकंलन अभियान थालिएको गुरुङले बताए ।

फन्ड मिबाट चन्दा संकलन अभियान थालिएकाले अस्ट्रेलिया स्थित सम्पूर्ण नेपालीहरुलाई सहयोग गर्न समेत उनले आग्रह गरे । १० हजार डलर सहयोग सकंलन भएपछि उनको शव नेपाल पठाईने छ ।

पछिल्लो समय अध्ययनका लागि अस्ट्रेलिया आउने विद्यार्थीहरुको एक पछि अर्को गरी दुःखद निधन हुने गरेको छ ।

सहयोग सकंलन अभियानमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोस्