मुम्बई । प्रशिद्ध भारतीय गायिका लता मगेंशकरको निधन भएको छ । कोरोना सक्रंमणका कारण आइतबार बिहान ९२ वर्षको उमेरमा उनको मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार संस्था पिटिआइका अनुसार झण्डै ८ दशक लामो गायन यात्रामा ३६ भाषामा हजारौँ गीत गायकी लताको मुम्बई स्थित अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । उनलाई हालैका दिनमा फेरि भेन्टिलेटरमा राखिएको थियो ।
मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा लता मंगेशकरको उपचार भइरहेको थियो । उनलाई कोरोना संक्रमणसँगै निमोनिया भएको थियो । संक्रमण पुष्टि भएपश्चात जनवरी ८ मा उनी अस्पताल भर्ना भएकी थिइन् ।
भारत रत्नबाट सम्मानित मंगेशकरले भारतीय चलचित्रमा धेरै कालजयी गीत गायकी छन् । उनले नेपाली गीतसगींतमा समेत स्वर दिएकी छिन्






