नेपाली जनसम्पर्क समिति बेलायतद्वारा राहत वितरण

काठमाडौं, ८ जेठ । नेपाली जनसम्पर्क समिति बेलायतले भूकम्प पीडितका लागि विभिन्न चार स्थानमा राहत विरण गरेको छ । नेपालमा रहेका समितिका पदाधिकारीको बैठकले भूकम्प प्रभावित क्षेत्र धादिङ, नुवाकोट र चितवनमा राहत वितरण गर्ने निर्णय गरेको महामन्त्री राजकुमार त्रिपाठीले जानकारी दिए । महामन्त्री त्रिपाठीले दिएको जानकारीअनुसार प्रत्येक वितरण केन्द्रमा लगभग पाँच सय पीडितलाई खाद्यन्न र टेन्ट वितरण गरिएको छ । खाद्यन्नमा दाल, चामल, तेल र तरकारीलगायतका सामग्री रहेको छ ।Congress flag
राहत वितरण संयोजक नेपाली जनसम्पर्क समिति बेलायतका उपाध्यक्ष युवराज गुरुङले दिएको जानकारीअनुसार हिजो धादिङ बेनीघाटको वडा नम्बर २ र ९ का चेपाङ र दलितलगायत स्थानीय चार सयभन्दा बढी भूकम्प पीडितलाई टेन्ट र खाद्यन्न वितरण गरिएको थियो । हिजो विहीबार चितवनको दारेचोकमा ३ सय ५० भन्दा बढीलाई टेन्ट र खाद्यन्न वितरण गरिने कार्यक्रम छ भने शनिबार नुवाकोटको हल्देउकालिकाका तामाङ र दलित समुदायका भूकम्प पीडितलाई राहत वितरण गर्ने कार्यक्रम रहेको नेपाली जनसम्पर्क समिति बेलायतका कार्यसमिति सदस्य विजन भट्टले जानकारी दिए ।
राहत वितरणमा नेपाली कांगे्रसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रत्यक्ष संलग्नता रहेको थियो । समितिको तर्फबाट संयोजक गुरुङसहित अर्का उपाध्यक्ष हिमाल गुरुङ, महामहामन्त्री राजकुमार त्रिपाठी, सहमहामन्त्री धु्रव ढकाल, सदस्य विजन भट्ट तथा सल्लाहकार चिरञ्जीवी ढकालले सक्रिय रुपमा भूमिका निर्वाह गरेका छन् ।
हिजो धादिङको बेनीघाटमा आयोजित राहत वितरण कार्यक्रममा कांगे्रस नेताहरु डा. प्रकाशशरण महत, बालकृष्ण खाण, मनमोहन भट्टराई, महालक्ष्मी (डिना) उपाध्याय, सीता गुरुङ, अम्बिका बस्नेत, वीरबहादुर बलायर, दिलमान पाख्रिन, उमेश श्रेष्ठ तथा धादिङ जिल्ला पार्टी सभापति रामनाथ अधिकारी तथा नेविसंघ नेता ऋषिकेशजंग शाहको उपस्थिति थियो रहेको उपस्थिति थियो ।
राहत वितरणमा कार्यक्रममा कांगे्रसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति बेलायतले देखाएको सक्रियताको वरिष्ठ नेता देउवा खुलेरै प्रशंसा गरे । नेपालीको पीडामा सहयोग पु¥याएकोमा समितिका पदाधिकारी तथा बेलायतवासी नेपाली समुदायलाई देउवाले धन्यवाद दिए । नेता देउवाले सरकारले उपलब्ध गराएको राहत दुर्गम क्षेत्रमा तुरुन्त उपलब्ध गराउनेसमेत माग गरे । राहत वितरण समितिका संयोजक युवराज गुरुङले नेपालमा अप्ठ्यारो परेका बेला जनसम्पर्क समिति बेलायतले यसअघि पनि सहयोग उपलब्ध गराउँदै आएको स्मरण गरे । बेलायतवासी नेपाली समुदायलाई एक जुट भएर नेपालको विपत्तीमा सहयोगी हात बढाउन आग्रह गरे । महामन्त्री त्रिपाठीले राज्य निर्माणमा सहयोग पु¥याउन आफूहरु बेलायतबाट नेपालमा राहत वितरण गर्न आएको बताए ।