चिल्ड्रेन भिजन नेपालले बेलायतबाट बाढीपीडित बालबालिकाका लागि सहयोगको अपिल

लन्डन — नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक र विशेषगरी बालबालिकाको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चिल्ड्रेन भिजन नेपालले बेलायतबाट सहयोगको अपिल गरेको छ।

ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाली दूतावास, लन्डनमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष रमेश सिलवालले बाढीबाट प्रभावित परिवार र बालबालिकाका लागि खाना, स्वच्छ पानी, स्वास्थ्य सेवा, आवास तथा बाल संरक्षणमा तत्काल सहयोग आवश्यक रहेको बताए।

उनले प्रभावित नागरिकहरू अहिले अन्तर्राष्ट्रिय सहयोगको प्रतीक्षामा रहेको उल्लेख गर्दै प्रवासी नेपाली समुदाय, व्यवसायी तथा विभिन्न संस्थाहरूलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आह्वान गरे।

कार्यक्रममा विभिन्न संघ–संस्था, व्यवसायी तथा नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै, चिल्ड्रेन भिजन नेपालले राहत तथा पुनःस्थापनामा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *