प्रचण्डको भारत भ्रमण सफल भएको माओवादी निष्कर्ष

काठमाडौं–माओवादी केन्द्रले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।

प्रचण्ड निवास लाजिम्पाटमा आज बिहान बसेको हेडक्वाटर वैठकले प्रधानमन्त्रीको भारत भ्रमण सवै हिसावले सफल भएको निष्कर्ष निकालेको हो ।

२४ हेडक्वाटर सदस्य मध्ये बहुमत सदस्य उपस्थित भएको वैठकमा भारत र नेपालको बिचमा चिसिएको सम्वन्ध न्यानो वनाएको, भारत सरकार र नेपाल सरकार विचको तिक्तता मेटाउन सफल रहेको, नेपालको संविधानलाई भारत सरकारवाट स्वागत गराउन सफल रहेको, विद्युत लगायतका व्यापारलाइ फ्रि मार्केटमा लैजाने वातावरण वनाएको, हुलाकी राजमार्ग लगायतका स्थगित भएका कार्यलाई निरन्तरता सहित सम्पन्न गर्ने वातावरण तयार पारेको लगायतका कारणले अध्यक्ष तथा प्रधानमन्त्रीको भारत भ्रमण शानदार रुपमा सफल भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् ।

वैठकमा अध्यक्ष प्रचण्डले भारत भ्रमणको वारेमा व्रिफिङ्ग गरेपछि अन्य कार्यालय सदस्यले आफ्नो धारणा राखेका थिए । पार्टीका थप कार्यक्रमहरु अगाडि वढाउनको लागि भोली विहान पुनः हेडक्वार्टर टिमको वैठक वोलाइएको प्रवक्ता भुसालले बताइन् ।