कांग्रेस–एमाले तयार, एमाओवादी अलमलमा

काठमाडौ । प्रमुख सत्तारुढ दल काग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न अन्य दलरुसंग पनि छलफल चलाउने भएका छन् ।

महाभुकम्पपछिको चुनौती समाना गर्न अझ बलियो सरकार आवश्यक भएको धारणा संसदमा समेत उठिसकेको सन्दर्भमा दुई दलले यसबारे अब औपचारिक छलफल चलाउने सहमति गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह बसेको बैठकमा दुई दलले अन्य पार्टीहरुसंग सोमबारबाट छलफल अघि बढाउने र यो बिषयमा छिटो टुंगो गर्ने सहमति गरेका हुन् ।

‘संसदमा समेत यो कुरा उठिसकेको सन्दर्भमा हामीले अब सबै दलहरुसंगल छलफल गरी टुंगो लगाइ हाल्नुपर्छ भन्ने कुरा भएको छ’ दुई दलीय बैठकमा सहभागी एमाले प्रमुख सचेतक अग्नि खरेलले  भने,‘ अन्य दलहरुसंग हामी तत्काल औपचारिक छलफल अघि बढाउछौ ।’

गत साता भएको संसदको बिषेश अधिवेशनमा काग्रेस , एमाले , एमाओवादी लगायतका दलका शिर्ष नेताहरुले नै यो बिषय प्रवेश गराएका थिए ।

पूर्वप्रधानमन्त्रीहरुले नै राष्ट्रिय सरकारले मात्रै संविधान निर्माण देखि विपतिपछिको अवस्थाको समाना गर्ने सामाथ्र्य राख्ने भन्दै सर्वदलीय सरकारको अवधारणा अघि सारेका थिए ।आजको कान्तिपुरमा समाचार छ ।