लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) संरक्षक राम थापा लन्डन आइपुग्नु भएको छ । भोलि शनिबार अल्टरसर्टमा आयोजना हुने नेपाली नागरिकतासम्बन्धी छलफल कार्यक्रममा सहभागी हुने थापा लन्डन आउनुभएको हो । लन्डनबाट सञ्चालित एक अनलाइनले एनआरएनको नागरिकताको विषयक छलफल कार्यक्रम आयोजना गरेको छ ।
संरक्षक थापालाई स्वागत गर्न एनआरएनए उपाध्यक्ष कुल आचार्य, अभियान्ता चिरञ्जीवी ढकाल र कृष्ण भट्ट हिथ्रो विमानस्थल पुग्नुभएको थियो । कार्यक्रममा सहभागी हुन अस्ट्रेलियाबाट दिपक खड्का लन्डन पुगिसक्नु भएको छ ।
संरक्षक थापा एनआरएनमा नागरिकतासम्बन्धी कार्यदलका संयोजक हुनुहुन्छ । अभियान्ता ढकालका अनुसार एनआरएनले प्राप्त गर्ने नागरिकताको मुद्दा कहाँ पुग्यो, यस विषयमा नेपालको संसदमा के छलफल भइरहेको छ र कहिलेसम्म एनआरएनले नागरिकता प्राप्त गर्नेछन् भन्ने विषयमा संरक्षक थापाले आफ्नो धारणा छलफलमा राख्ने कार्यक्रम छ ।






