सिड्नी । गैरआवसीय नेपाली संघ अष्ट्रेलियाको आयोजनामा हिजोआज प्रायः सबै राज्यमा परोपकारी कार्यको लागि कोष संकलन कार्यक्रम भइरहेको छ । यसै गरी एनएसडब्लु राज्यमा पनि जुन १० मा कार्यक्रम हुँदैछ । प्राबिधिक कारणले मे २६ मा हुने भनिएको परोपकरी रात्री भोज अब जुन १० मा सारिएको आयोजकले जानकारी दिएका छन् ।
कार्य ब्यस्तताको कारण नेपाल बिद्युत प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङको अनुपस्थित हुने जानकारी आयोजकले गराएका छन् । कार्यक्रममा उपस्थिति हुन नेपालका राजनीतिक विश्लेशक तथा प्रखर बक्ता डा. सुरेन्द्र केसी, चर्चित अभिनेत्री, निर्माता तथा माझी बस्ती निर्माणकार श्वेता खड्का, बिशेष स्कुल तथा पुनस्थापना केन्द्रकी अध्यक्ष सबिता उप्रेतीको उपस्थिती रहने आयोजकले जानकारी गराएका छन् ।







