दुई साता अघि गएको भूकम्प (७.८ रेक्टर) ले नेपालकोधन, जन र धरोहरको मात्रै क्षतिगराएको छैन । ०९० सालपछि आएको ठूलो भूकम्पले जनमानसमाठूलो त्रास पैदा गरेको छ । घरतथा धरोहरमात्रै भत्किएका छैनन्, सँगै भत्किएका छन् मानिसका मनहरुपनि । सबैभन्दाभन्दा महत्वपूर्ण यो घटनाले मानिसमा निराशा पैदा गराएको छ । भुकम्पका कारण सरकारदेखि सर्वसाधारणसम्मका धेरै योजना र सपनाको जग भत्किएको छ । शक्तिशाली भूकम्पपछि र यस्तै खाले जिज्ञासाहरु मानिसको दिमाग र मनमा घुमिरहेका छन्, घोत्लिरहेका छन् ।१२ दिन अगाडि नै भुकम्प मा परि ज्यान गुमाउनु भएका २१ बर्सिय इन्डियन नागरिक को पशुपति आर्यघाट मा आज लास जलाउन सहयोग गर्न पाइयो। इंडिया सम्म जान को लागि पनि बाटो खर्च थिएन उनको परिवार संग। कति चोट र पिडा दियो यस पालि को बिधोंशकारी भुकम्प ले कुनै लेखा जोखा नै छैन।
आर्येघाट मा पैसा को अभाव ले लास जलाउन नपाएकाहरु लाई , आज को दिन सम्म कसै को सहयोग बिना नै नितान्त मैले सहयोग गर्दै आएको थिए र धेरै सहयोगी मन हरु ले सहयोग गर्न पनि खोज्नु भएको थियो तर अब बाट आर्यघाट मा पैसा को आभाब मा लाश जलाउन नसक्ने हरु को लागि सधै भरि निरन्तर सहयोग रेखा थापा फाउन्डेसन मार्फत गर्ने जानकारी गराऊदछु।
अब मलाई लाग्छ , सानो तिनो राहत मात्र होइन हामि देश विदेश मा बसोबाश गर्ने नेपाली मन हरु ले तुरुन्त नै पुनर्निर्माण तिर ध्यान दिन जरुरि छ।
केहि महिना भित्रै नै नया निर्माण का प्लान सहित रेखा थापा फाउन्डेसन ले अब को दिनहरु मा सक्रिय रुप मा पुनर्निर्माण मा लाग्ने तयारि गर्दै छ। तपाईहरु को सानो माया , समर्थन सदभाब र मार्गदर्शन रेखा थापा फाउन्डेसन सदैब चाहन्छ।
रेखा थापा







