काठमाडौँ । इटालीमा एक निजी विमान दुर्घटना हुँदा अर्वपतिसहित एकै परिवारका ८ जनाको मृत्यु भएको छ ।
सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडेको विमान एक भवनमाथि खसेको थियो । जसमा परी रोमनियाका धनाढ्य अर्वपति ६८ बर्षिय डान पेट्रेस्कुसहित उनका श्रीमती, छोरा र अन्य पारिवारिक सदस्यको मृत्यु भएको छ ।
विमान ठोकिदा ठोकिएको भवनको पार्किङमा राखिएका दर्जनौ गाडीहरु आगलागी भई ध्वस्त भएको बीबीसीले जनाएको छ । केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानको चालक पनि स्वयम् पेट्रेस्कु नै भएको भएको बताएका छन् ।
विमान दुर्घटना हुनु अघि नै आगोका लप्काहरु देखिएको प्रत्यक्षदर्शीले बताए । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन् ।






