सोमबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको थियो।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानको एउटा पांग्रा नखुलेका कारण अवतरण हुन सकेन र केही समय (झन्डै २ घण्टा) आकाशमै होल्ड हुन परेको हो।
आकस्मिक अवतरणको तयारीस्वरूप विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए । तर आकस्मिक अवतरण नभई ‘एसुरेन्स ल्यान्डिङ’ भएको बुद्ध एयरले जनाएको छ । टावरबाट ल्यान्डिङ गियर खुलेको र सुरक्षित तरिकाले अवतरण गर्न सक्ने सुनिश्चित गरिएपछि चालकले जहाज अवतरण गराएका थिए ।
उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । जहाजमा ३ शिशु, २ बालबालिकासहित ७३ यात्रु र चालकदलका ४ सदस्य गरि ७७ जना थिए ।
बुद्ध एयरको जहाज आज ठूलो दुर्घटनाबाट बचेको छ भने ७३ यात्रुको जीवन सुरक्षित बनेको छ ।






