हिजोको शक्तिशाली पराकम्पनपछि उपत्यकामा हृदयघाटबाट चारको मृत्यु

उपत्यकामा मंगलबारको पराकम्पनमा आठ जनाको मृत्यु भएको छ । त्यसमध्ये चार जनाको भूकम्प आउँदा हृदयघातका कारण मृत्यु भएको खबर आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौंमा पाँच, भक्तपुरमा दुई र ललितपुरमा एक जनाको मृत्यु भएको हो । एसएसपी नारायणसिंह खड्काका अनुसार नयाँबजारमा नरमाया घले, गोकर्णेश्वरमा दुर्गादत्त श्रेष्ठ, भक्तपुरको बालकोटमा नारायण भट्टराई र बोडेमा श्यामसुन्दर श्रेष्ठको हृदयघातबाट मृत्यु हो । हृदयघातबाट मृत्यु हुने सबै ६० वर्षमाथिका छन् ।