काठमाडौं, बैशाख ३०– प्रलयकारी भुकम्पपीडितलाई बाँड्न नेपाल सरकारले भारतबाट किनेका त्रिपाल व्यक्तिको घरको गोदाममा फेला परेको छ । भारतस्थित नेपाली दुतावासले किनेर पठाएको ५० लाख बराबरको त्रिपाल जोरपाटीमा रहेको एक नीजि गोदाममा भेटिएको हो ।
tentनेपाली बजारमा त्रिपालको अभाव भएपछि सरकारले भारतस्थित नेपाली दुतावासलाई किनेर पठाउन निर्देशन दिएको थियो । नागरिक दैनिकमा केपी ढुंगानाले खबर लेखेका छन् ।
राहतका त्रिपाल नीजि गोदाममा भेटियो






