सिड्नी । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा नेपालका पूर्वमन्त्री सहित शीर्ष नेताहरुसहितको विशेष अन्तरक्रिर्या कार्यक्रम सञ्चालन हुने भएको छ ।
नेपालका पूर्व परराष्ट्र मन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञावली, नेकपा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराई, तथा ग्लोबल कमिटिका सचिब रमेश पाण्डेले सम्बोधन गर्ने भएका हुन् ।
११ सेप्टेम्बर शनिवारको दिन साँझ साढे ६ देखि १० बजेसम्म सञ्चालन हुने उक्त अन्तरक्रिर्यामा नेताहरुसँग समसामयिक विषयमा बेजोड छलफल हुने प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्स अध्यक्ष कृष्ण सापकोटाले बताए ।
पछिल्लो समय नेपालमा देखिएको राजनैतिक अस्थिरता, नेकपा एमालेको विभाजन तथा देशका पछिल्ला गतिविधिहरुको बारेमा विशेष बहस हुने भएकोले सो कार्यक्रममा सबैलाई सहभागि हुन उनले आग्रह गरेका छन् ।






