सिड्नी । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास विशेष प्रदेश समितिको आयोजनामा विश्व भरी रहेका जसपाको भात्री संगठनहरुको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने भएको छ ।
पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय शीर्ष नेताहरु अशोक राई र राजेन्द्र श्रेष्ठको विशेष उपस्थितीमा प्रशिक्षण कार्यक्रम हुने लागेको हो । शीर्ष नेताहरुले भर्चुअल रुपमा जुम मार्फत सम्बोधन गर्ने भएका छन् ।
प्रवास विशेष प्रदेश समिती उपाध्यक्ष तथा संघीय परिषद सदस्य सुवान चौलागाईंका अनुसार १२ सेप्टेम्बर आइतवारको दिन नेपाली समय दिउँसो ३ बजे तथा अष्ट्रेलिया समय साँझ ७ः१५ मा सो कार्यक्रम हुनेछ ।
कार्यक्रममा सहभागि हुन चाहनेहरुले निम्न जुम आईडी मार्फत कार्यक्रममा आउन सक्ने उनले बताए ।






