लण्डन ।
हिजो सम्पन्न संसदीय निर्वाचनमा २० वर्षकी माहिरी ब्लाकले चुनाव जितेर पछिल्लो ३५० वर्ष यता कै सबैभन्दा युवा सांसद बनेकी छन् ।
स्कटिश नेशनल पार्टीकी माहिरीले लेबर पार्टीका वरिष्ठ नेता एलेक्जेण्डर डगलसलाई पराजित गरेकी हुन् । चुनाव जितेपछि उनले भनिन्-‘यो निर्वाचन क्षेत्र र पुरा स्कटल्याण्डको आवाज उठाउनु हाम्रो मुख्य एजेण्डा थियो ।’
उनले ग्लोसगो युनिभर्सिटीबाट पोलिटिक्स एण्ड पब्लिक पोलिसीमा अध्ययन गरेकी छिन् ।
निर्वाचनमा डेविट क्यामरुनको सत्तारुढ दल कन्र्जभेटिप पार्टीले सामन्य बहुमत हासिल गरेको छ । यो बहुमतसँगै डेविट क्यामरुन पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । –
सन् २००६ को चुनावमा उम्मेदवार हुन न्यूनतम उमेर २१ वर्ष थियो । तर, यो पटक घटाएर १८ कायम गरिएको छ ।
यसअघि १६६७ मा १३ वर्षका क्रिस्टोफर मन्क सेकेण्ड ड्युक अफ एलबेमोर्ले सबैभन्दा युवा सांसद बनेका थिए ।







